Comments Add Comment

बेलायत लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा दम्पती पक्राउ

corruption in Baideshik rojgar (5)

१३ चैत, काठमाडौं । दुई महिलासहित १५ जनालाई बेलायत लगिदिन्छु भन्दै करिब ७० लाख ठगी गरेको आरोपमा एक दम्पत्तिलाई पीडितले पक्रेर बैदेशिक रोजगार विभाग तीनकुनेमा बुझाएका छन् ।

भक्तपुरमा डेरा गरी बस्ने दम्पतीसँग शुक्रबार विभागले वयान लिइरहँदा पीडितहरुले कार्यालय परिसरमा न्यायको माग गर्दै नाराबाजीसमेत गरेका छन् । पक्राउ पर्नेमा सोलु घर भएका लालबहादुर कार्की र ओखलढुंगा घर भएकी नानु गुरुङ रहेको वैदेशिक रोजगार विभाग स्रोतले बतायो ।

corruption in Baideshik rojgar (2)

पैसा खाएर भाग्न लागेको भन्दै पीडितले दुबैलाई भक्तपुरस्थित डेराबाट समातेर बैदेशिक रोजगार विभागमा बुझाएका हुन् ।

लालबहादुरले काठमाडौंका प्रहरी प्रमुख आफ्नो नाता पर्ने र श्रम मन्त्रीलाई समेत पैसा खुवाउन सक्छु भन्दै धम्की दिएको भन्दै पीडितहरुले विभागमा उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment