Comments Add Comment

हमाललाई मधुले सोधिन्-‘के तपाई मलाई डिभोर्स दिनुहुन्छ’ ?

Rajesh-and-madhu
नायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई अहिले अमेरिकामा छन् । अमेरिकाको छोटो बसाइका क्रममा हमालले मधुलाई उनको त्यहाँ रहेका आफन्तसँग पनि भेट गराइरहेका छन् । हमालसँग अमेरिका पुग्दा मधु पनि खुशी देखिएकी छिन् ।

अमेरिकामा रहेको ‘ह्वाइट हिमाल टेलिभिजन’सँग कुरा गर्दै हमाल र मधुले आफ्नो बैबाहिक जिवन र आगामी यात्रा साटेका छन् । मधुले हमालसँगको जिवन आनन्दमय भएको बताएकी छिन् । उनले जिवन भनेको जस्तो बनायो त्यस्तै बन्ने हो भन्दै दुबै जनाको मायाले गर्दा सुन्दर बनेको बताइन् । उनले आफू राजेशसँग जहाँ घुम्न गएपनि आनन्द महशुश गर्ने बताइन् ।

राजेश हमालको व्यस्तताका कारण आफूले समय नपाएपनि कहिलेकाही निक्लदा यसरी घुम्न निस्कने बताइन् ।
नायक राजेश हमालले बिहे पछि एउटै फ्रेममा मधुलाई राखेर कुरा गर्दै उनलाई पहिलो पटक देख्दा नै मन पराएको राज खोलेका हुन् ।

केही बर्ष अगाडि आयोजना भएको ‘लक्स ब्यूटी स्टार’ नामक कार्यक्रममा निर्णायक बनेर पुगेका हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिएका थिए । यहीबाट नै उनीहरुको प्रेम यात्रा सुरु भएको हमालले खुलाएका छन् । हायात होटलका जेनेरल म्यानेजरले कार्यक्रम सुरु हुनुभन्दा अगाडि आफूलाई कुन यूवती मन पर्‍यो भनेर सोध्दा आफूले मधुलाई देखाएको रहस्य पनि हमालले खोलेका छन् ।

हमालले दिएको उनको भिजिटिङ कार्डबाट नै मधुसँग उनको प्रेमको मुना पलाएको थियो । मधुको स्वभाव र वुझ्ने शैलीले आफूलाई तानेको हमालले खुलाएका छन् । तर, मधुले भने हमालका सबै बानी मन पर्ने बताएकी छिन् । हमाल मिठो भन्दा पनि स्वास्थ्यकर खाना खाने भएकाले पनि आफूलाई पकाउन सजिलो लाग्ने मधुको भनाई छ ।

बैबाहिक जिवनमा एक अर्कालाई संझने क्षमता र वुझ्ने क्षमता हुनुपर्ने हमालको भनाई छ । दुबै व्यक्तिले एक अर्का जस्तो बन्नुपर्छ भन्ने सोचाई राख्नु भन्दा बुझ्न सक्ने क्षमता हुनुपर्छ भन्ने हमालको भनाई छ ।

यती भन्दै हमालले मधुलाई हामी एक अर्कालाई वुझ्छौ नि होइन भन्दै सोधेका थिए । मधुले पनि अहिलेसम्म भनेपछि हमालले हाम्रो डिभोर्स त हुँदैन नि भनेर मधुलाई प्रश्न सोझाएका थिए ।

मधुले पनि हाँस्दै ‘के तपाई मलाई डिभोर्स दिनुहुन्छ’ ? भनेर प्रश्न राखिन् । हमाल दम्पत्तीले अहिले नै बच्चाको बारेमा नसोचेको बताएको छ । भर्खर मात्र बिहे भएकाले अहिले नै बच्चालाई केन्द्रमा राखेर अगाडि नबढेको यो जोडीको भनाई छ । मधुले हमाललाई आफूले नै केयर गर्नुपर्ने भएकाले बच्चाको बारेमा नसोचेको बताइन् ।

भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment