Comments Add Comment

पाकिस्तानको कराचीमा ५ प्रहरीको हत्या

१३ चैत, काठमाडौं । पाकिस्तानको कराचीमा शुक्रबार विहान भएका दुई फरक स्थानका बम विस्फोटमा ५ प्रहरीको मृत्यु भएको छ ।

कराचीको क्वाइदावाद क्षेत्रमा विशेष सुरक्षाबल सवार भ्यानलाई लक्षित गरी रिमोट कन्ट्रोलबाट बम विफोट गराइएको थियो । ५० जना सवार भ्यानमा आक्रमण हुँदा तीन प्रहरीको मृत्यु भएको थियो । अरु १३ जना घाइते भएका छन् ।

कराचीकै चिच्लु भन्ने स्थानमा भएको अर्को बम आक्रमणमा दुई जना प्रहरी मारिएका छन् । मारिनेमा एकजना प्रहरी अधिकृत रहेको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । आक्रमणकारीको भने पहिचान नभएको स्थानीय सन्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment