Comments Add Comment

कांग्रेस सभापति बन्ने रामचन्द्र र प्रकाशमानको दाऊ

विन्दुकान्त घिमिरे

१३ चैत, काठमाडौं । आगामी महाधिवेशनमा सभापतिको चुनाव जित्ने सुनिश्चितता नभएको अवस्थामा सुशील कोइराला उमेदवार बन्ने सम्भावना कम देखिन्छ ।

Ram chandra paudel & Prakash man singh_650
सुशील कोइरालाले चुनाव लडेनन् भने त्यो अवस्थामा संस्थापन पक्षले पहिलो विकल्पका रुपमा रामचन्द्र पौडेल र दोस्रो विकल्पका रुपमा प्रकाशमान सिंहलाई उमेदवार प्रस्तुत गर्ने सम्भावना छ ।

पौडेलका अनुकुल पक्ष

१. संस्थापन पक्षका सबै नेताहरुलाई उनको नेतृत्वमुनि बस्न अप्ठेरो छैन ।

२. विगत (३६ से ७४ रे ) का बेलादेखि नै मध्यमार्गीका रुपमा चिनिएका कारण पौडेलले पार्टीको दुवै पक्षबाट सहानुभूति पाउने सम्भावना छ ।

३. एकपटक पनि मौका नपाएको नेताका रुपमा कार्यकर्ताले सहानुभूति प्रकट गर्ने सम्भावना छ ।

४. पौडेलको कार्यकर्तासँग सीधा सम्वाद हुन्छ । कार्यकर्ताले सजिलै भेटघाट गर्न पाउँछन् ।

५. पौडेल कार्यकर्ताले बुझ्ने शैलीमा बोलेर वा अखबारमा लेखेर आफ्ना कुरा राख्न सक्छन् ।

६. पौडेलका चर्का विरोधीहरु अर्थात जसरी पनि चुनाव हराउनु पर्छ भनेर लाग्नेहरुको संख्या पार्टीभित्र थोरै छ ।

७ . कहिले वीपी शतवाषिर्की र कहिले गणेशमान सतवाषिर्कीका नाममा तथा प्रशिक्षण कार्यक्रममा नाममा देश भ्रमण जारी राखिरहेका छन् ।

८. विकल्पको खोजीमा रहेका कार्यकर्ताले भोट दिने ठाउँ पाउने अवस्था छ ।

९. चुनाव हार्दा पनि कोइराला र देउवालाई जस्तो पौडेललाई ठूलो क्षति हुँदैन ।

पौडेलका प्रतिकूल पक्ष

१ . सक्रिय राजनीति गर्ने उमेर सीमित छ । उमेरमा देउवाभन्दा तीन वर्ष जेठा र कोइरालाभन्दा दुई वर्ष कान्छ हुन् । चुनावी व्यवस्थापन गरिदिने निकटका उत्तराधिकारीहरु उनीसँग छैनन् ।

२. १२ औं महाधिबेशनमा केन्द्रीय सदस्य पदमा उठ्दा २५ जनालाई भोट हाल्न मिल्ने अवशर हुँदा हुँदै पनि करिव १५ सय प्रतिनिधिले उनलाई भोट दिएका थिएनन् । यसको अर्थ हो नेपाली कांग्रेसका ४५ प्रतिशत प्रतिनिधिहरुले उनलाई केन्द्रीय सदस्यका लागि पनि योग्य ठानेनन् ।

३. २०४८ सालदेखि अहिलेसम्म लगातार लाभको पदमा रहँदा रहँदै पनि उनका लागि ठूलै त्याग गर्न तयार कार्यकर्ताहरु ज्यादै थोरै छन् ।

४. रामचन्द्रको पछि लागेर आफ्नो संरक्षण हुँदैन भन्ने कुरा धेरैजसो कार्यकर्ताको मुखबाट सुनिन्छ ।

५ . पदका लागि धेरै नै लोभी र आर्थिक मामिलामा कञ्जुस छन् भन्ने कुरा पनि धेरै कार्यकर्ताको मुखबाट सुनिन्छ ।

६ महाधिवेशसनमा साधन र स्रोत परिचालन तथा व्यवस्थापन कमजोर छन् भन्ने आम बुझाइ छ ।

प्रकाशमानका सवल पक्ष

१ . उमेर तथा शारीरिक ताकतले साथ दिएको छ । प्रशस्त खट्न सक्छन् ।

२. गणेशमानसिंह जस्तो ठूलो नेताको विरासत प्राप्त छ ।

३. व्यापारी तथा व्यवसायिक वर्ग, अन्तर्राष्ट्रिय क्षेत्रको साथ सहयोग पाउन सक्छन् ।

४. संस्थापन पक्षको उमेद्वार हुँदाहुँदै पनि कोइराला विरोधीहरुको मत पनि आकषिर्त गर्ने सम्भावना पनि रहन्छ ।

५. बाबुकै पालादेखिका कार्यकर्तालाई संरक्षण गरेर राखेका छन् ।

६. चुनाव हार्दा पनि खासै ठूलो क्षति हँदैन ।

प्रकाशमानका प्रतिकुल पक्ष

१ . सबै हिसावले कनिष्ठ हुन् । सभापति बन्ने बेला भएको छैन भन्ने कुरा जतासुकै सुनिन्छ ।

२. सुशीलकै टिमबाट निर्वाचित महामन्त्री भएका कारण पाँच वर्षको यो अवधिमा सुशीलबाट भएका कमजोरीको दोष प्रकाशमानलाई पनि लाग्छ ।

३ .२०५७ सालदेखि हरेक महाधिवेशनमा राम्रो मत ल्याएर चुनाव जित्दाजित्दै पनि पार्टीलाई गति दिन कुनै विचार ल्याएको वा क्रियाकलाप गरेको देखिएको छैन ।

४. उनी पार्टी सभापति बन्दा उनी अन्तरगत कार्यसमितिमा नअटाउने सिनियर नेताहरुको संख्या ठूलो हुन्छ ।

यो पनि पढ्नुहोस्

कोइराला र देउवा दुबैले हार्न मिल्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment