Comments Add Comment

कविता : राज्य हराएको सूचना

Raju-Paudelराज्य !
म आजन्म तिम्रो नागरिक
आन्तरिक-वाहृय,
राज्यको साद सिमाना छिचोलेको छुँ ।
अफसोच,
राजधानीको मध्य भागमा हराएँ ,
अन्योलमा परें ! म हराएँ, कि हरायो राज्य ?

म औसत तिम्रो नागरिक
नाडी छाम्नु मेरो धर्म,
विपन्न, सिमान्तकृत-हिमाल, पहाड र तराई
सवैले नाडी छमाऊन पाउनु पर्छ
भन्छुँ म,
होइन खडेबाबा उभ्याएर भएपनि
यो व्यवस्था केन्द्रिकृत हुनुपर्छ भन्छ
अर्को वर्ग
यहीँ द्वन्द्व चलिरहँदा
राजधानीको मध्य भागमा पटक-पटक हराएँ
अन्योलमा परें ! म हराएँ, कि हरायो राज्य ?

बरालिदै सिंहदरबार हुँदै बालुवाटार पुगें,
कीर्तिपुर जानु थिएन मलाई, बरु जुम्ला प्यारो
यहीँ भने, म भ्रममा परें सादगी भित्रको अकर्मण्यताले ।
गोरेटो भेटिए जस्तो भयो ।
बरालिँदा भेटिएको सिंहदरबार बालुवाटार
दिग्दभ्रमित रैथानेले भरिएको रहेछ
उनीहरु भन्छन्, धन बल हाम्रो नीति तिम्रो ?
हाम्रा सन्तति जुझारु छन्, तिनीहरुलाई सशुल्क भएपनि
नाडी छाम्ने सुकर्ममा लगाउनु छ, तिमी चुप लाग !

म चुप लाग्दिन सरकार !
म फेरि मध्य भागमै हाराएँ !
अन्योलमा परें ! म हराएँ, कि हरायो राज्य ?

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment