Comments Add Comment

एनआरएन अमेरिकाको मनोनयन दर्ता सकियो

NRN-USAडीसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको राष्ट्रिय समन्वय समिति (एनसीसी) को आसन्न निर्वाचनका लागि अध्यक्ष पदका लागि आधा दर्जन बढीले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको समय विहीबार मध्यरातबाट सकिएको हो । निर्वाचनका लागि १३८ जनाकाे मनाेनयन दर्ता भएकाे छ ।

मनोनयन दर्ता गराएका उम्मेदवारमाथि आइतबारसम्म दावी विरोध तथा उम्मेदवारी फिर्ता गर्न सकिने निर्वाचन समितिले जनाएको छ । उम्मेदवारहरुको अन्तिम नामावली आगामी मार्च ३१ मा प्रकाशित गरिनेछ ।

त्यस्तै अप्रिल १ देखि १५ तारिखसम्म १५ दिन चुनावी प्रचारप्रसारको अवधि तोकिएको छ । उम्मेदवारी दिन इच्छुकले मार्च २३ को मध्यरातसम्म अनलाइनमार्फत आफ्नो उम्मेदवारी दर्ता गराउन सक्ने भनिए पनि समय थप गर्दै मार्च २६ को मध्यरातसम्म अनलाइनमार्फत आफ्नो उम्मेदवारी दर्ता गराउन सक्ने जनाइएको थियो ।

२१ वटा राज्यमा च्याप्टरसमितिहरु सहित एनआरएन अमेरिकाको नयाँ कार्यसमितिका लागि अप्रिल १६ देखि २० सम्म अनलाइन र कागजी मतपत्रमार्फत मतदान हुनेछ । अपि्रल २५ र २६ मा मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव र कोषाध्यक्ष, सहकोषाध्यक्ष तथा प्रवक्ता, मिडिया कोअर्डिनेटर, युवा कोअर्डिनेटर र महिला कोअर्डिनेटरलगायतका पदमा मतदान हुनेछ भने पाँचजना एनआरएन आईसीसीको सदस्यमा चयन गरिनेछ ।

यी हुन्, एनआरएन अमेरिकाको प्रत्यासी

एनआरएन अमेरिकाको आसन्न अधिवेशनमा आधा दर्जन बढी अध्यक्षका प्रत्यासी छन् । केहीले अर्को उम्मेदवारलाई समर्थन जनाउदै उम्मेदवारी छाडेको घोषणा गरेका छन् । डा. केशव पौडेल, नागेन्ऽ पौडेल, रमा सिंह, दूर्गा दाहाल, गणेश कुँवर तथा श्री पराजुली अध्यक्ष पदका प्रत्यासी छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा नेदेन डंगोला शेर्पा र विश्व शाहले प्रतिष्पर्धी छन् भने रामचन्द्र पोखरेल, केमिका भण्डारी, बिनय अर्यालले उपाध्यक्षका प्रत्यासी छन् । महासचिवमा प्रसन्न सङग्रौला तथा सचिवमा राजेश सापकोटा, शंकर खड्का (रोशन), सहसचिवमा जनिश गुरुङ्, कोषाध्यक्षमा बेदराज बस्नेत, सह कोषाध्यक्षमा रविनराज बज्राचार्य र प्रकाश सापकोटा प्रचारप्रसारमा लागिरहेका छन् ।

डा. पौडेलको साझा उम्मेदवारी

अध्यक्षका प्रत्यासी डा. केशव पौडेल समूहले भने साझा उम्मेदवार घोषणा गरेको छ ।

dr keshav poudelपौडेल समूहमा अध्यक्ष पौडेलसहित बरिष्ठ उपाध्यक्षमा नेदेन डंगोला शेर्पा, उपाध्यक्षमा सन्जिब श्रेष्ठ, डिल्ली भट्टराई, बन्दना कोइराला, उमा कार्की (थापा), महासचिवमा तिलक श्रेष्ठ, सचिवमा शंकर खड्का (रोशन), सह-सचिवमा जनिश गुरुङ, कोषाध्यक्षमा बेदराज बस्नेत, सह-कोषाध्यक्षमा प्रकाश सापकोटा तथा मिडिया संयोजकमा सर्बग्य वाग्ले, महिला संयोजकमा राधा पौडेल र युवा संयोजकमा वर्षा मोक्तानको साझा उम्मेदवारी घोषणा गरिएको छ ।

एनआरएन अमेरिकाको विभिन्न १९ वटा पदमा र पाँचजना एनआरएन आईसीसी सदस्यका लागि मतदान हुनेछ । परिमार्जित बिधान अनुसार दुई जनाको सट्टा चार जना उपाध्यक्षहरुको प्रत्यक्ष निर्वाचन हुनेछन् भने बोर्ड अफ डाईरेक्टरको संख्या १० पुर्याएको छ । यो सत्रसम्म मिडिया कोअर्डिनेटरको पनि निर्वाचन नै हुनेछ भने सन् २०१७ बाट भने यो पद मनोनयन गरेर पूर्ति गरिने जनाइएको छ । अमेरिका सवै भन्दा बढी १२ हजार एनआरएन सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment