Comments Add Comment

भारतलाई हराएपछि क्लार्कलाई ‘सेक्स’बारे सोधेपछि …

michael-clarke

विश्वकप क्रिकेटको सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी भारतलाई ९५ रनले पराजित गरेपछि आयोजित प्रत्रकार सम्मेलनमा एउटा रमाइलो घटना घट्यो ।

पत्रकार सम्मेलमा प्लेअर अफ दि म्याच स्टिभ स्मिथ र कप्तान माइकल क्लार्क उपस्थित थिए । पत्रकारहरुको प्रश्न सुन्न क्लार्क तयार थिए ।

तर, पहिलो प्रश्न गर्ने एक पत्रकारले गल्ती उच्चारण गर्दै सबैलाई हँसाए । उनले क्लार्कलाई ‘माइकल यू हृयाड टिर्मिन्डियस सेक्स’ भन्दै प्रश्न गरे । खासमा उनले सक्सेस भन्न खोजेका थिए ।

उनको त्यो प्रश्नले स्मिथलाइ पनि निकै हँसोयो । स्मिथका साथसाथ पत्रकारहरु केहिबेर मज्जाले हाँसे ।

क्लार्क भने मुन्टो हल्लाउँदै मुस्कुराए । त्यसपछि कलार्कले भने-‘वास्तवमा यो प्रश्न मेरी श्रीमतीका लागि हो ? भन्दै ठट्टा गरेका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment