Comments Add Comment

नक्कली प्रहरी बनेर महिलाहरुलाई ठग्ने पक्राउ

Sahadev-shrestha

१३ चैत, काठमाडौं । आफूलाई सशस्त्र प्रहरीको सई भन्दै महिलाहरुलाई ठगी गरेको आरोपमा एक व्यक्ति गरेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट, नर्जामण्डप ५ घर भई चितवन खैरेनीमा बस्ने २४ वर्षका सहदेव श्रेष्ठ पक्राउ परेका हुन् । उनले प्रहरीको युनिर्फम तथा परिचय पत्र समेत देखाई महिलाहरुसँग सम्पर्क र सम्वन्ध गर्ने र प्रेमको नाटक गरी विववाह गर्छु भन्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

उनले प्रेम गरेको विश्वास दिलाउन गोली लागेर घाइते भई अस्पताल बेडमा भएको फोटो एमिनेशन गरी मोबाईल मार्फत पठाउने तथा कहिले काँही धम्की दिई पैसा माग्ने गरेका गिए ।

उनको साथबाट ४ लाख ८७ हजार बरामद भएको छ । उनले त्यो रकम दुई महिलाबाट लिएको पाइएको छ । उनले अन्य दजनौं महिलालाई ठगी गरेको हुन सक्ने प्रहरीको आशंका छ । 

प्रहरीका अनुसार सहदेव असोज २ गते पनि नक्कली पेस्तोल र सशस्त्र प्रहरीको परिचय पत्रसहित पक्राउ परेका थिए ।

तर, उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ हजार र किर्ते मुद्दामा चितवनबाट ९ हजार ५ सय धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment