Comments Add Comment

लाठी जुलुस र हड्ताल नगर्न ३० दलीय मोर्चालाई गृह मन्त्रालयको आग्रह

१३ चैत, काठमाडौं । सरकारले प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चालाई लाठी जुलुस तथा आम हड्तालसहितका आन्दोलनका उत्तेजक कार्यक्रम नगर्न आग्रह गरेको छ ।

Bamdev Gautamउपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले शुक्रबार विज्ञप्ति जारी गरी ३० दलको आन्दोलनपति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

प्रमुख दलहरुबीच संविधानका अन्तरवस्तुमा सहमतिको विकल्प नभएको भन्दै उनले पछिल्ला दिनहरमा सहमतिको प्रयास पनि भइरहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ-‘यस्तो समयमा लाठी जुलुस, मसाल जुलुस, सरकारी कार्यालय घरेरा, तीनदिनसम्म आमहड्ताल जस्ता विरोधका कार्यक्रम गर्नाले मुलुकको शान्ति र व्यवस्थामा गम्भीर समस्या पर्ने निश्चित छ ।’

शान्तिसुरक्षा कायम गर्नु पर्ने दायित्वबाट राज्य पन्छिन नमिल्ने गौतमले प्रष्ट पारेका छन् । साथै आन्दोलनले दलहरबीच दुरी बढ्ने र मुलुकलाई प्रतिगमनतिर धकेल्न खोज्ने तत्वहरलाई नै फाइदा पुग्ने गृहमन्त्रीले बताएका छन् ।

गृह मन्त्रालयले भनेको छ-‘एमाओवादी समेतको ३० दलीय मोर्चालाई विरोधका सबै कार्यक्रम फिर्ता गर्न र नसके लाठी जुलुस, मसाल जुलुस, सरकारी कार्यालय घेराउ एवं बन्द र लगातार तीन दिन आम हड्ताल तथा राजश्व उठ्न नदिने जस्ता कार्यक्रम नगर्न आग्रह गर्दछु ।’

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति

Home-ministry-appeal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment