Comments Add Comment

नेपाली आकाशमा दिनभर ट्राफिक जाम, ८ विमान डाइभर्ट गरिए

Flyte-8

१३ चैत, काठमाडौं । नेपाली आकाशमा शुक्रबार दिनभर हवाइ ट्राफिक जाम भएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल कुहिरोले ढाकेपछि जहाजहरु आकाशमा होल्ड हुन पुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शुक्रबार अधिकांश जहाजहरु अवतरण गर्न नसकेपछि डाइभर्ट भएका छन् । विमानस्थल विहानदेखि नै खुलेपनि पटक-पटक कुहिरोले ढाकिदिँदा जहाजलाई घन्टौं आकाशमा होल्ड गरेर डाइभर्ट गर्नुपरेको हो ।

दिउँसो चार बजेसम्म ८ वटा जहाज डाइभर्ट गरिएका छन् । एउटै जहाज डेढ घण्टासम्म आकाशमा होल्ड भएको बताउँदै विमानस्थल कार्यालयले होल्ड नगरी कुनै पनि जहाज सिधै अवतरण गर्न पाएनन ।

एउटै जहाज नेपाली आकाशमा ७/८ फन्को लगाउँदा पनि अवतरण गर्न पाएनन् । विमानस् एयर ट्राफिक कन्ट्रोल गर्न कर्मचारीलाई दिनभरी हम्मे-हम्मे परेको छ ।

बिहीबार बेलुका काठमाडौंमा ठूलो असिना पानी परेको थियो । यही कारण शुक्रबार विहानै देखि आकाश कुहिरोले ढाक्न पुग्यो । जसको मार करिव ८० वटा अन्तर्राष्ट्रिय उडान/अवतरणमा पर्न गयो ।

त्रिभुवन विमानस्थलमा दैनिक ४०/४० अन्तर्राष्ट्रिय उडान अवतरण हुने गर्छ । विमानस्थल नखुल्दा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडानसमेत प्रभावित भएको बताइएको छ ।

Flyte Flyte-2 Flyte-3 Flyte-5 Flyte-6 Flyte-8 Flyte-9 Flyte-10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment