Comments Add Comment

डा. डिल्लीराज खनाल एमाले फर्कँदै

१३ चैत, काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनाल झण्डै ६ वर्षपछि पुनः नेकपा एमाले फर्कने भएका छन् ।

Dilliraj-khanalखनाल नेतृत्वको राष्ट्रिय परिषद् एकता मञ्च शनिबार एमाले विलय हुँदैछ । ‘बुधबार एमालेसँग पार्टी एकीकरण हुन लागेको हो’ खनालले अनलाइनखबरसँग भने ।

खनाल २०६६ सालमा एमाले छाडेर एमाओवादीमा प्रवेश गरेका थिए । तर, गत वर्ष विराटनगर सम्मेलनदेखि निष्कृय रहेका खनालले गत भदौंमा राष्ट्रिय प्रगतिशील एकता मञ्च बनाएका थिए । खनालले मञ्चको २० जिल्लामा संगठन भएको दाबी गरे ।

उनले एमाले छाडेर एमाओवादी जानु आफ्नो गल्ती भएको समेत बताएका छन् । ‘पहिलो त हामीले एउटा खास अवस्थामा आउने बबल देखियो र हामी पनि प्रभावित भयौं’ उनले भने-‘केही असन्तुष्टि थिए । अर्कोतिर क्रान्तिकारी नै रहेछन् कि भन्ने भ्रम पनि भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment