Comments Add Comment

हाइ किन आउँछ ? कहिलेदेखि आउँछ ? केही जान्नैपर्ने तथ्यहरु

yawanकोही मानिस हाइ काढेको देख्दा देख्नेलाई पनि हाइ आउँछ । यस्तो तपाइँलाई पनि हुन्छ होला । यस्तो किन हुन्छ, थाहा छ ? कुन समयमा हाइ आउँछ ? मानिस जन्मिएपछि कुन समयबाट हाइ काढ्न सुरु गर्छ होला ? यी सबै प्रश्न रोचक छन् तर उत्तर तपाइँलाई थाहा नहुनसक्छ ।

यद्यपि हाइ आउनु एक सामान्य शारीरिक प्रक्रिया हो तर यस सँग जोडिएका केही ठूलासाना कुराहरुमा हामीले ध्यान दिइरहेका हुँदैनौँ । एक जनालाई हाइ आएपछि त्यो देख्ने अर्को मानिसलाई पनि हाइ आउँछ । एक, दुइ हुँदै एकैचोटी धेरै मानिसमा फैलिन सक्छन् । के त्यसोभए हाइ आउनु संक्रामक क्रिया हो ? होइन ।

हाइ काढ्ने विषयमा हाम्रो समाजमा धेरै गलत सोँचाइहरु वा मान्यताहरु छन् । कतिपयले यसलाई निद्रा आएको वा अल्छी लागेको संकेतका रुपमा बुझ्दछन् । तर वैज्ञानिकहरुका अनुसार मानिसमा हाइ आउनुको कारण निद्रा वा अल्छी आउनु होइन ।

बेलायतको प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार हाइ आउनु निद्रा वा आलस्यको संकेत होइन । यो हाम्रो मस्तिष्कको तापक्रमलाई नियन्त्रणमा राख्ने प्रक्रिया हो ।

हाम्रो सरीरको बनावट तथा कार्यविधि यस्तो प्रकारले व्यवस्थित छ की हामीले नचाहेको बेलामा समेत एकाएक हाइ आएर मुख खुल्दछ । यसले मस्तिष्कको तापक्रम घटाउनुका साथै अनुहारका मांशपेशीलाई समेत तन्काइदिन्छ ।

अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनमा प्रकाशित शोधका अनुसार हाइ काढ्दा सरीरमा अक्सिजनको पर्याप्त आपूर्ति हुन्छ र अक्सिजनको कमीलाई पूर्ति गर्दछ । जब रगतमा अक्सिजन पूराउनका लागि फोक्सोमा पर्याप्त अक्सिजन हुँदैन तब हाइ काढ्दाको माध्यमबाट एकैसाथ ठूलो परिमाणमा मुखबाट फोक्सोसम्म अक्सिजन पुग्दछ र फोक्सोबाट रगतमा मिसिन्छ । मस्तिष्कको भित्तालाई चिसो राख्नका लागि मस्तिष्ककै निर्देशनमा मानिसलाई हाइ आउँछ ।

सन् २००४ मा गरिएको एक अध्ययनले ५० प्रतिशत मानिसहरुले आफ्नो अगाडि रहेका मानिसहरु हाइ गरेको देखेर हाइ काढ्ने गरेको तथ्य पत्ता लगाएको थियो । सन् २०१२ को अर्को एक अध्ययनले आनुवंशिक तथा भावनात्मक रुपमा जोडिएका मानिसहरुलाई अरु मानिस हाइ काढेको देखेर आफुलाई पनि हाइ आउने देखाएको थियो ।

मानिस मात्र होइन चौपाया तथा अन्य प्रजातिका केही जिवहरुले समेत हाइ काढ्छन् । मानिसले कुन बेलादेखि हाइ काढ्न सुरु गर्छ होला ? यो पढ्दा अचम्म लाग्न सक्छ । गर्भमा रहेको बच्चाले ११ हप्ताको भ्रुण हुँदादेखि नै हाइ काढ्न थालेको हुन्छ । सामान्यतया हाइ काढ्ने समय ६ सेकेण्डको हुन्छ । मानिसले आफ्नो जिवनकालमा औषतमा २ लाख ४० हजार पटक हाइ काढ्ने गर्छन् ।

अमेरिकन नेसनल इन्स्टिच्युट आफ हेल्थका अनुसार हाइ आउनु सामान्य कुरा हो । यदि छिटो छिटो हाइ आउँछ भने त्यो अनिद्राको संकेत हुनसक्छ र त्यसका लागि पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ । तर निकै छिटोछिटो हाइ आयो र कसैगर्दा पनि रोकिएन भने त्यो बिमारको संकेत हुनसक्छ । हाइ आयो भने त्यसलाई रोक्नु हुँदैन मज्जाले काढ्नैपर्छ । आएको हाइ रोक्दा त्यसले सरीरमा नकारात्मक असर पार्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment