Comments Add Comment

विश्वको सबैभन्दा अनौठो रेष्टुरेन्ट, पुरुष ट्वाइलेटमा सुन्दरी (फोटो फिचरसहित)

PAY-Mannequin-toiletsदुनियामा यस्ता केही विचित्र रेष्टुरेन्ट छन् जसको बारेमा सुन्दैमा हैरान भइन्छ । केही रेष्टुरेन्टले पाहुनाहरुलाई ट्वाइलेटको कमोटमा बसाएर खाना खान दिन्छन् भने कतिले झ्यालखानाको बन्द पर्खाल भित्र थुनेर पाहुनालाई कैदीको अनुभुति दिलाउँदै सेवा गर्छन् ।

यस्तैमध्येको एक अर्को अनौठो रेष्टुरेन्ट चीनको शांजी प्रान्तमा रहेको छ । शान्जीको ताइयुवान सहरमा रहेको यो रेष्टुरेन्टको पुरुष शौचालयभित्र पिसाब गर्ने ठाउँमा निकै सुन्दरी मोडेलहरु उभिइरहेका हुन्छन् ।

पुरुषको शौचालयभित्र सुन्दरीहरु उभिने ? देख्दा त ठ्याक्कै बोलिहाल्छन् की जस्ता लाग्छन् । तर ती साँच्चीका नभएर निकै आकर्षक तथा कामूक महिलाका मूर्तिहरु हुन् ।

PAY-Mannequin-toilets (1)

ट्वाइलेट छिरेर पिसाब गर्न ठिक्क परेको बेलामा आफ्नै अगाडि महिला उभिइरहेको देख्दा पहिलोपटक जो कोही पुरुषपनि झसँग हुने अवस्था छ । यी महिला मूर्तिहरु जिवित महिलाजस्तै लाग्छन् । त्यहीँ भएर होला कतिपय पुरुष ग्राहकहरु पिसाब नै नगरी बाहिर निस्किएर शौचालयमा किन महिला उभिएको ? भनेर कर्मचारीहरुसँग गुनासो समेत गर्ने गरेका छन् ।

२४ वर्षका सन काओ नामका एक ग्राहकले स्थानीय टेलिभिजनलाई बताए अनुसार उनी पहिलोपटक उक्त रेष्टुरेन्टको ट्वाइलेटमा छिर्दा महिला उभिएको देखेपछि पिसाब नै नगरी फर्किएका रहेछन् । कतै महिलाको बाथरुममा पो छिरेछु की भन्ने पनि उनलाई लागेछ । तर वास्तविकता बुझेपछि भने लाजले रातोपिरो हुनुपरेछ ।

उनी पिसाब गर्नका लागि पुनः ट्वाइलेटमा छिरेछन् । तर ती प्लास्टिकका युवती मूर्तिहरु यति आकर्षक रहेछन् की सुन्दरीहरुको अगाडि उनले पिसाब गर्नै सकेनछन् ।
उनी मात्र होइन अन्य केही पुरुषहरुले समेत यस्ता सुन्दरी मूर्तिहरुलाई ट्वाइलेटमा नराख्न व्यवस्थापन समक्ष गुनासो गरेको बताइएको छ । पुरुषको ट्वाइलेटमा रहेका सुन्दरीहरुका चिनिया सोसल साइटहरुमा अपलोड भएप्छि हालैका दिनमा खुबै भाइरल बनिरहेका छन् ।

PAY-Mannequin-toilets (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment