Comments Add Comment

जर्मनविंग्स दुर्घटना गराउने को-पाइलट ‘मानसिक रोगी’ थिए

copilot-Andreas-Lubitz

१३ चैत, काठमाडौं । जर्मनविंग्सको विमान दुर्घटनाको कारणबारे एकपछि अर्को रहस्य खुल्दैछ ।

१५० जनाको ज्यान जाने गरी भएको दुर्घटनाअघि विमानका पाइलट ककपिट बाहिर थिए । को-पाइलटले ढोका बन्द गरेपछि उनी बाहिरै परे र विमान दुर्घटना भयो ।

ब्लाक बक्सको भ्वाइस रेकर्डका आधारमा को-पाइलट २८ वर्षका एन्डि्रयाज लुबिट्जले विमान दुर्घटना गराउन चाहेको देखिएको थियो ।

शुक्रबार डूसेलडार्पस्थित लुबिट्सको घरमा छापा मार्दा उनी विरामी भएको प्रमाण भेटिएको छ । घटनाको पछाडि कुनै राजनीतिक वा धार्मिक कारण भेटिएन । सुसाइड नोट पनि भेटिएको छैन ।

जर्मन म्यागाजिन डेर स्वीगलका अनुसार लुबिट्स मानसिक रोगी भएको पर्याप्त प्रमाण भेटिएको छ ।

प्रहरीले उनको घरमा बरामद भएका कम्प्युटरसहितका बस्तुहरु लिएर गएको छ । प्रहरी प्रवक्तालाई उद्रृत गर्दै डेलिमेलले जनाए अनुसार बरामद भएका बस्तुहरुबारे अध्ययन भइरहेको छ ।

तर, सुसाइड नोट भने नभेटिएको प्रहरीले प्रष्ट पारेको छ ।

मंगलबार बार्सिलोनाबाट डूसेलडार्फका लागि उडेको एयरबस ३२० विमान दुर्घटना हुँदा १५० जनाको मृत्यु भएको थियो । दुर्घटनाअघि विमान स्वभाविक उचाइबाट तीव्र गतिमा आठ मिनेटसम्म तल झरेको थियो ।

यो पनि पढ्नुस्

को-पाइलटले जानीजानी विमान नष्ट गराएको खुलासा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment