Comments Add Comment

यातायात कार्यालयको घुसकाण्डबारे छानविन गर्न समिति गठन

१३ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालयमा घुस लिएकोबारे छानविन गर्न समिति गठन गरेको छ ।

विभागका उपमहानिर्देशकको संयोजकत्वमा छानविन समिति गठन गरिएको मन्त्रालयका सचिव तुलसी सिटौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले घुस काण्डका साथै यातायात व्यवस्था कार्यालयहरुमा गर्नु पर्ने तत्कालीन र दीर्घकालीन सुधारका उपायहरु सुझाउनु पर्नेछ ।

बिहीबार अनलाइनखबरमा ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा घुस दिएको समाचार प्रकाशित भएको थियो ।

यो पनि पढ्नुस् 

मैले घुस खुवाएँ ! कारवाही भए सहुँला बुझाउँला

 

सचिव तुलसी सिटौलाले जारी गरेको विज्ञप्ति

Yatayat-office

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment