Comments Add Comment

नेपालका लागि नयाँ अमेरिकी राजदूत प्रस्तावित

Alaina B. Teplitz

१३ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि नयाँ राजदूतमा अलाइना बि तप्लेजलाई प्रस्ताव गरेका छन् ।

हृवाइट हाउसले शुक्रबार वक्तव्य जारी गरेर ओबामाले तप्लेजलाई नेपालका लागि राजदूतमा मनोनयन गरेको जानकारी दिएको हो । अमेरिकी सिनेटले तप्लेजको नाम अनुमोदन गर्न भने बाँकी छ । अनुमादनपछि उनले नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडेलाई विस्थापित गर्नेछिन् ।

तप्लेज हाल विदेश मन्त्रालयको मिटिस्टर काउन्सिलर पदमा कार्यरत छिन् । तत्लेज यसअघि दुईपटक दक्षिण एशियाली मुलुकमा काम गरिसकेकी छिन्।

सन् २००७ देखि दुई बर्षसम्म ढाकास्थित अमेरिकी दूतावासमा र सन् २०११ देखि एक बर्षसम्म अफगानिस्तानस्थित दूतावासमा काम गरेकी थिइन् ।

सन् २००९ देखि २०११ सम्म अमेरिकी बिदेश मन्त्रालयको पूर्वी, दक्षिण र मध्य एशिया हेर्ने बिभागको निर्देशकको रुपमा पनि काम गरेकी थिइन, जुन बिभागले नेपालसहित दक्षिण एशियाली मुलुक हेर्ने जिम्मेवारी पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment