Comments Add Comment

प्रतिबन्धित औषधि निःशुल्क बाँड्दै सरकार

१४ चैत, धरान । मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्‍याउने लागूपदार्थ सरकारले नै वितरण गर्ने गरेको पाइएको छ । सरकारले देशका विभिन्न सरकारी अस्पताल र एनजीओमार्फत लागूपदार्थ प्रयोगकर्तालाई निःशुल्क रुपमा यस्तो औषधि वितरण गर्न थालेपछि यसको चौतर्फी विरोध सुरु भएको छ ।
medicine
देशभरका लागूपदार्थ प्रयोगकर्ताहरुलाई कुलतबाट छुटाउन गृह मन्त्रालय, स्वास्थय मन्त्रालय र कानुन मन्त्रालयको संयुक्त छलफलपछि मन्त्रिपरिषदको स्वीकृतिमा ओएसटी कार्यक्रममार्फत सरकारले मेथाडोन र बुपि्रनफिर्न नामक लागूपदार्थ वितरण गर्न सुरु गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

सरकारले एकातर्फ मानवस्वास्थ्यमा प्रतिकुल असर पर्ने अफिमबाट निर्मित मेथाडोन र बुपि्रनफिर्न नामक औषधि बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएको छ भने अर्कोतर्फ कानुनद्वारा प्रतिबन्धित यिनै औषधि देशका विभिन्न अस्पताल र एनजीओमार्फत वितरण सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment