Comments Add Comment

दुई सिफ्टको सेवाले कर्मचारी मर्कामा

१४ चैत, काठमाडौ । सेवाग्रहीलाई सुविधा दिने उद्देश्यले सुरु गरिएको ‘दुई सिफ्ट कार्य’ कर्मचारीका लागि भने कष्टकर बनेको छ।
karmacharri
सेवाग्रहीको भीड लाग्ने यातायात ब्यवस्था, मालपोत, नापी, जिल्ला प्रशासन, जिल्ला विकास समिति जस्ता कार्यालयमा पुस १ गतेबाट विहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रवाह गर्ने ब्यवस्था सरकारले गरेको छ ।

सेवा प्रवाहको सुरुवात त भयो तर न जनशक्ति थपियो न त पारिश्रमिक नै, कर्मचारीले उही पारिश्रमिकमा थप समय काम गर्नुपर्ने बाध्यता भयो, गोरखापत्र दैनिकमा खबर छ ।

‘यो विकराल समस्याका रुपमा आएको छ,’ यातायात ब्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटी भन्छन्, ‘कुनै सुविधाविना कर्मचारीलाई १२ घण्टाकाममा जोताएपछि ती कर्मचारको परिवार र ब्यवहार चौपट नभएर के हुन्छ ?’

उनले तत्कालै दुई सिफ्ट सेवा लागू गरिएका कार्यालयमा कार्यरत कर्मचारीका हकमा तत्कालै कुनै उत्साह जगाउने खालको योजना ल्याउनुपर्ने आवश्यकता औल्याए ।

सरकारले पुस १ गतेदेखि सेवाग्रहीको बढी चाप हुने कार्यालयमा विहान ६ बजेदेखि दिनको १२ बजेसम्म् र १२ बजेदेखि साँझ ६ बजेसम्म दुई चरणमा सेवा प्रवाह गर्न थालेको हो । दुई सिफ्टमा सेवा प्रवाह गर्दा सेवाग्रहीको सुविधालाई मात्र ध्यान दिएको पीडित कर्मचारीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment