Comments Add Comment

भ्रष्टाचारको अन्त्य नभए बेलायतले नेपालको सहयोग रोक्ने

१४ चैत, काठमाडौ । बेलायतले नेपालमा ब्यापक भ्रष्टाचारको अन्त्य नभए नेपाललाई दिँदै आएको सम्पूर्ण सहयोग रोक्ने चेतावनी दिएको छ । बेलायती संसदको अन्तर्राष्ट्रिय विकास समिति (आईडीसी)ले शुक्रबार प्रतिवेदन प्रस्तुत गर्दै यस्तो चेतावनी दिएको हो ।

संक्रमणकालको फाइदा उठाएर मुलुकमा भ्रष्टाचार बढेको चर्चा भइरहेका बेला नेपालको प्रमुख सहयोगी राष्ट्रका रुपमा रहेको बेलायतले यस्तो घोषणा गरेको राजधानी दैनिकमा खबर छ ।

यो घोषणासँगै नेपालमा हुँदै आएको समग्र बैदेशिक सहयोग र यसको निरन्तरतामा समेत प्रश्नचिन्ह खडा भएको छ । सार्वजनिक भएको प्रतिवेदनअनुसार नपालमा विद्यमान भ्रष्टाचारको ‘रोग’ नहटे बेलायतबाट नेपालका लागि हुँदै आएको सम्पूर्ण सहयोग रोक्नुपर्ने उल्लेख गरिएको छ । बेलायतको यो निर्णयले नेपालको विकास निर्माण कार्यमा ठूलै धक्का लाग्नेछ ।

बेलायतको प्रख्यात अन्तर्राष्ट्रिय समाचार संस्था थमसन रोयटर्स फाउण्डेशनका अनुसार लामो समय लगाएर गरिएको सो अध्ययनमा नेपालमा भएको सहयोगको अधिकांश हिस्सा भ्रष्टाचार भएको र सहयागको प्रभावकारिता नभएको उल्लेख छ । सो प्रतिवेदनमा नेपालमा भ्रष्टाचारविरुद्ध लड्ने अवस्था सिर्जना नभएसम्म सहयोग रोक्नुपर्ने उल्लेख छ ।

बेलायतले नेपालमा यसवर्षमात्रै ८६ लाख पाउण्ड (१ सय २८ मिलियन अमेरिकी डलर) सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment