Comments Add Comment

१५ वर्ष हेडसर भएर कार्यालय सहयोगी भएपछि….

१४ चैत, धनगढी । काम गर्दै गएपछि अनुभवका आधारमा ब्यक्तिको बढुवा हुनु नौलो होइन । सरकारी तथा निज क्षेत्रमा बढुवाको ब्यवस्था हुन्छ तर १५ वर्षसम्म प्रधानाध्यापक भएर काम गरेका शिक्षक हाल परिचरमा घटुवा भएका छन् ।
school_teacher5
कैलालीको फूलवारी-७ शिवतालका ४१ वर्षीय लालबहादुर पुनमगर उदाहरण बनेका छन् । शिव प्राविमा १५ वर्ष प्रअ भएर शिक्षण गरेका पुनमगर अहिले सोही विद्यालयकै परिचर भएको गोरखापत्र दैनिकमा खबर छ ।

पुन २०५३ देखि २०६८ सालसम्म प्रअ भएर अध्यापन गरेका थिए । उनले नेतृत्व गरेको विद्यालय शिव प्रावि फूलबारीकै जी गाउँमा रहेको शिवशंकर निमाविमा भर्ज भएपछि पुनमगरलाई परिचर बन्ने स्थिति आएको हो । १५ वर्षसम्म गाउँवासी र विद्यालय ब्यवस्थापन समितिको समझदारीमा प्रअको जागिर खाएका उनलाई मर्जपछि सरकारले अनिवार्य गरेको शिक्षक अध्यापन अनुमतिपत्र नहुँदा यस्तो अवस्था आएको हो ।

‘विद्यालयमा धेरै कर्मचारी हुनुका साथै मसँग शिक्षक लाइसेन्स थिएन,’ पुनमगरले भने, ‘त्यसैले आफ्नै राजीखुशीमा परिचरको काम रोजेको हुँ ।’ उनी विगत एक वर्षदेखि शिवशंकर निमाविमा परिचरको काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment