Comments Add Comment

बाबुरामले भने- डा. केसीका माग जायज छन्

१४ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीको अनसनप्रति ऐक्यवद्धता जनाएका छन् । डा. भट्टरार्इले केसीले राखेका मागहरू जायज भएकाे बताएका छन् ।
dr.kc joint  (7)
डा. भट्टराईले शनिबार बिहान डा. केसीलाई शिक्षण अस्पताल पुगेर भेटेका हुन् । भेटपछि डा. भट्टरार्इले  भने- ‘उहाँका माग जायज छन्, उहाँका मागप्रति सरकार गम्भीर बनेर छिट्टै पूरा गराेस् ।’

baburam Letter

डा. भट्टरार्इले केसीकाे जीवन रक्षाका लागिसमेत सरकारकाे ध्यानाकर्षण गराएका छन् । शिक्षण अस्पताल पुगेका भट्टरार्इले भने, ‘उहाँकाे जीवनरक्षाकाे सरकारसँग माग गर्छु ।’

‘शिक्षा र स्वास्थ्यमा कुनै सम्झौता हुँदैन’

डा. भट्टराईले अनसनरत चिकित्सक डा. केसीले उठाएको माग आफ्नो सरकारका पालामा पूरा गर्न नसकेको बताएका छन् ।

dr.kc joint  (10)
केसीको अनसनप्रति समर्थन जनाउँदै भट्टराईले शिक्षा र स्वास्थ्यजस्तो विषयमा कुनै सम्झौता हुन नसक्ने बताए ।
डा. केसीको अवस्थाबारे बुझ्न गएका भट्टराईले केसीको ऐक्यद्धता पुस्तिकामा हस्ताक्षर गर्दै ‘डा.केसीले उठाएको मागप्रति आफ्नो पूर्ण समर्थन रहेको र सरकारले माग पूरा गरोस् भन्ने उल्लेख गरेका छन् ।’

dr.kc joint  (13)

डा. केसीको अनसनमा समर्थन जनाउन एमाअोवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि शिक्षण अस्पताल पुगेका थिए । श्रेष्ले केसीले उठाएका स्वास्थ्य, शिक्षाका माग जायज भएको भन्दै यी माग पूरा गराउन सरकारसँग माग गर्दै अाफूले पनि सक्दो प्रयास गर्ने बताएका छन् ।

narayan kaji Letter

नेपाल सरकारका मुख्य सचिव लीलामणि पाैडेलले पनि अनसनरत डाक्टर केसीकाे अस्वस्था बुझेका छन् । शनिबार बिहान शिक्षण अस्पताल पुगेका पाैडेलले केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

dr.kc joint  (5)

अनशन तोड्ने उपाय खोज्न नागरिक समाज सक्रिय

 गत आइतबारदेखि विभिन्न १० वटा माग राखेर डा. केसी अनसनमा छन् । उनको स्वास्थ्यस्थिति कमजोर हुँदै गएको छ ।

 डा. केसीको स्वास्थस्थिति कमजोर हुँदै गएपछि उनको अनसन तोड्ने उपायको खोजीमा नागरिक समाजका अगुवाहरु सक्रिय भएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालालाई भेटेपछि नागरिक अगुवाहरुले केदारभक्त माथेमासँग भेट गरेका छन् ।

माथेमाले आफ्नो संयोजकत्वमा बनेको कार्यदलले बैसाख १५ सम्म प्रतिवेदन तयार पार्न सक्ने नागरिक समाजका अगुवाहरुलाई जानकारी दिएका छन् ।

 चित्रलेखालाई अस्वीकार, केदारनरसिंह सक्रिय

सरकारले शिक्षामन्त्री चित्रलेखा यादव, स्वास्थ्यमन्त्री खगराज अधिकारी र मुख्यसचिव लीलामणि पौडेल सम्मिलित वार्ता टोलीलाई  डा. केसीले अस्वीकार गरेका छन् । सरकारी टोलीलाई अस्वीकार गरेपछि अर्को सहजकर्ताको खोजी भइरहेको छ ।

सरकार र नागरिक समाज दुबैका तर्फबाट डा. केदारनरसिंह केसीले सहमतिको प्रयास गरिरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

अनसनरत डा. केसीले १० वटा मागमध्ये मेडिकल कलेजको सम्बन्ध मात्रै रोकेर नपुग्ने बताएका छन् । ‘डा. केसीले अन्य ९ वटा मागहरु पनि महत्वपूर्ण हुन् भन्नुभएको छ,’ नागरिक समाजका अगुवा चरण प्रसाइँले अनलाइनखबरसँग भने,’केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाईसमेत कारवाही हुनुपर्छ भन्नुभएको छ, न्यायाधीशमाथि पनि कारवाहीको माग गर्नुभएको छ, यो माग संसदले मात्रै पूरा गर्न  सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment