Comments Add Comment

चीनबाट फर्केका प्रचण्ड छलफलमा सक्रिय

१४ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड चीन भ्रमण सकेर शुक्रबार साँझ नेपाल फर्किएका छन् । स्वदेश फर्किएको भोलिपल्ट बिहानैदेखि उनी सहमति जुटाउने अभियानमा सक्रिय भएका छन् ।

Prachanda  (10)शनिबार बिहानै प्रचण्डले आफ्नो निवास लाजिम्पाटमा बरिष्ट नेता डा. बाबुराम भट्टराईसँग छलफल गरेका छन् ।

प्रचण्ड चीन गएका बेला एमाओवादी नेता डा. भट्टराईले एमाले अध्यक्ष केपी ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए । ओलीसँग भएको सो छलफलमा प्रचण्ड नेपाल फर्केपछि शनिबार शीर्षनेताको बैठक डाक्ने सहमति भएको थियो ।

बालकोटमा भएको असहमतिअनुसार आज सत्तापक्ष र प्रतिपक्षी नेतावीच वार्ता हुनुपर्नेछ ।

उता संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि दलहरुलाई सहमतिका लागि आजसम्म अन्तिम समयसीमा तोकेका छन् ।

प्रचण्डको अनुपस्थितिमा डा. भट्टराईले कांग्रेस नेता कृष्णप्रसालद सिटौला, महेश आचार्य र एमाले नेता अग्नि खरेलसँग पनि छलफल गरिसकेका छन् ।

यी सबै छलफलहरु सकारात्मक रहेका डा. भट्टराईको निश्कर्ष छ ।

आज दलहरुवीच सहमति नभए दोस्रो चरणको आन्दोलनमा अघि बढ्ने ३० दलीय मोर्चाको तयारी छ ।

सत्ता पक्षले पनि सहमति नभए संविधानसभाको थाती रहेको प्रक्रिया अघि बढाउने बताउँदै आएको छ ।

महरा चीनमै

यसैवीच प्रचण्डसँगै चीन भ्रमणमा गएका एमाओवादी महासचिव कृष्णबहादुर महरालाई भने प्रचण्डले चीनमै छाडेर आएका छन् ।
चिनियाँ अधिकारीहरुसँग भेटघाट गरेर महरा दुई दिनपछि नेपाल र्फकने माओवादी स्रोतले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment