Comments Add Comment

मनिषा र नम्रताले उत्कृष्ट डान्सर छान्ने

namrata-karishma

काठमाडौं । पुनः बलिउड फिल्ममा ब्यस्त हुन थालेकी अभिनेत्री मनिषा कोईरालाले नेपाल आएर सर्वोत्कृष्ठ डान्सर छान्ने भएकी छिन् । सुशीला आर्टस् एकेडमीको आयोजनामा हुन गईरहेको ‘वेष्ट डान्सर नेपाल २०१५’ को फाईनल प्रतिस्पर्धी छान्न उनी आउँदो चैत बीस गते काठमाडौं आउने भएकी छिन् ।

मनिषालाई सम्माननिय अतिथि र नेपाली नायिका नम्रता श्रेष्ठलाई प्रमुख अतिथि बनाइको उक्त कार्यक्रमका निर्णायकहरुमा अभिनेत्री मिथिला शर्मा, निर्देशक आकाश अधिकारी, ओस्कार अजार्ड विजेता एलिजे वियानिक रहेका छन् ।

शिक्षाको माध्यमबाट कलाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गएको सुशीला आर्टस् एकेडेमीले संगीत, नृत्य, अभिनय र सबै क्षेत्रका कलाकारलाई प्रोत्साहित गर्दै आएको छ ।

यो एकेडेमीले टाटा मोटर्सको सहयोगमा दुई वर्षदेखि ९० जना विद्यार्थीलाई छात्रवृति उपलब्ध गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment