Comments Add Comment

२२ लागे सलोन बस्नेत

salon-basnetकाठमाडौं । नायक सलोन बस्नेत २१ वर्ष पुरा भएर २२ लागेका छन् । उनका बुबा निर्देशक सोभित बस्नेतले सलोन २१ पुगेर २२ लागेको जानकारी दिए । ‘खासमा उसको जन्मदिन चैन १० गते हो तर, हामीले सधै तिथीमा जन्मदिन मनाउँदै आएका छौं ।’ सोभितले भने ।

सलोन जन्मेको दिन रामनवमी परेकाले हरेक वर्ष रामनवमीकै दिन उनको जन्मदिन मनाउने चलन छ । तर, उक्त कार्यक्रममा अहिलेसम्म चलचित्रकर्मी सहभागी भएका छैनन् ।

‘परिवारकै सदस्यका विचमा हामीले जन्मदिन मनाउने गरेका छौं । अहिलेसम्म साथीभाईलाइ निम्ता गरेका छैनौं ।’ सोभितले भने ।

हरेक वर्ष रामनवमीको दिन सलोनले केक काट्ने गरेका छन् भने, केक अर्डर गर्ने काम सोभितले गर्दै आएका छन् । वालकलाकार भएर चालिस बढी चलचित्रमा अभिनय गरेका सलोनले होष्टेल, आभाष, एउटा साथी लगायतका फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment