Comments Add Comment

बाग्मती सफाइ अभियान चोभार पुग्यो (फोटो कथा)

Bagmati-safai-(1)
१४ चैत, काठमाडौ । राजधानीको बाग्मती नदी सरसफाइ अभियान जारी रहेको छ । हरेक शनिवार सरकारी अधिकारीहरु, सेना, प्रहरी, विद्यार्थी तथा स्थानीयवासीको सक्रियतामा बाग्मती सफाइ अभियान जारी राखिएको छ ।

धार्मिक महत्व बोकेको बाग्मती नदीमा राजधानीका फोहर फाल्ने गरिँदा प्रदुषित भएको थियो । शनिवार चोभारस्थित बाग्मती नदी वरपर सरसफाइ गरिएको हो । सेना, पुलिस तथा स्थानीय क्लवको सक्रियतामा चोभारको नदी किनारमा थुप्रिएको फोहर सफा गरियो । Bagmati-safai-(2)

बाग्मती नदी सरसफाइ अभियान सञ्चालन गरिएपछि बाग्मतीको सुन्दरता पनि बढेको छ । फोहरले जमेको बाग्मतीको पानी हिजोआज बग्न थालेको छ भने नदीमा फोहर फाल्नेलाई कडाई गरिएको छ । नदी तथा नदी छेउछाउ फोहर फाल्नेलाई कारबाही गरिने भएपछि नदीमा फोहर फाल्ने काम कमी भएको छ ।

बाग्मती सफाइ अभियानमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई, सचिव कृष्णहरी बाँस्कोटा, मुख्यसचिव लिलामणि पौडेल लगायतले  सक्रियता जनाउँदै आएका छन् ।

Bagmati-safai-(3)

Bagmati-safai-(5)

Bagmati-safai-(6)

Bagmati-safai-(7)

Bagmati-safai-(8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment