Comments Add Comment

मैले रक्सि खाएर गाडी चलाएको छैनः सलमान

salman-coartमुम्बई । ‘हिट एण्ड रन’ मामलामा आफ्नो बिरुद्ध लागेको आरोप ‘झुठ’ भएको दाबी गर्दै अभिनेता सलमान खानले शुक्रवार अदालतमा बयान दिएका छन् ।

सन २००२ मा भएको उक्त दुर्घटनामा सलमानको अनियन्त्रित गाडीले लागेर एक ब्यक्तिको मृत्यु भएको थियो भने चार जना घाईते भएका थिए । अदालतले उक्त समयमा सलमानले रक्सि खाएर गाडी चलाएको र उनिसँग सवारी चालक अनुमति पत्र नभएको आरोप लगाएको छ ।

सेतो कमिज र निलो जिन्स पाईन्टमा अदालत पुगेका सलमानले न्यायधिश डी डब्लु देशपाण्डेले सोधेको प्रश्नको जवाफ दिंदै भने ‘दुर्घटना हुँदा मेरा चालक असोक सिंहले कार चलाएका थिए ।’

साथै सलमानले अदालतमा उनका बिरुद्ध पेश गरिएका सबै रिपोर्ट झुठ भएको दाबी गरे । ‘रक्सि पिएको र नशामा भएको भन्ने कुरा गलत हो ।’ सलमानले भने ।

भाई सोहेल खान र अर्का एकजना साथिको साथमा अदालत पुगेका नायक खानले दुर्घटना हुनु केही अघि बारमा एक गिलास पानी पिएको बताएका छन् । तत्कालै उनको रगतमा अल्कोहल परिक्षण गर्दा ६२ मिलीग्राम अल्कोहल भेटिएको थियो ।

सलमानले आफ्नो रगत परिक्षण गर्ने ब्यक्ति विषेशज्ञ नभएकाले उक्त रिपोर्ट विश्वसनिय नभएको जिकीर गरे ।

एक स्थानियले दुर्घटना वेला सलमानलाई ड्राईभरको सिटमा बसेको बयान अदालतमा दिएका थिए । सलमानले आफु ड्राईभरको सिटमा बसेको स्वीकार्दै गाडी नचलाएको दाबी गरे । ‘हो मेरियट होटलमा मेरो गाडी पार्किङ गरेर राखेको थियो । त्यही बेला म ड्राईभर सिटमा अशोक सिंहलाई कुरेर बसेको थिए ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment