Comments Add Comment

वन डे क्रिकेटबाट सन्यास लिने माइकल क्लार्कको घोषणा

Michael-Clarke

अष्ट्रेलियाका कप्तान माइकल क्लार्कले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने अष्ट्रेलिया र न्यूजिल्याण्डको फाइनल भिडन्त क्लार्कको करियरकै अन्तिम वन डे हुनेछ ।

फाइनल खेल पूर्वको पत्रकार सम्मेलनमा उनले सन्यासको घोषणा गरेका हुन् । उनले भने-मलाई लाग्छ, मेरो र अष्ट्रेलिया क्रिकेट टीमका लागि यो सही समय हो ।’

उनले सन्यासको निर्णयबारे टीममेटका साथै क्रिकेट अष्ट्रलियाका सीईओ र सेलेन्टरलाई जानकारी गराएका छन् । अन्तिम सातासम्म वन डे बाट विदा लिने कुनै सोच नभएको तर, ४८ घन्टाअघि आफूले सन्यास लिने निर्णय गरेको उनले सुनाए ।

आफूले आफैँलाई अर्को विश्वकप खेल्छु ? भनेर प्रश्न गरेको र त्यस्तो नलागेको भन्दै उनले भने-‘राम्रो टीम बनाउन नयाँ कप्तानलाई तयारीका लागि पर्याप्त समय दिनुपर्छ ।’

सन् २००३ मा डेब्यू गरेका उनले २४४ वन डे खेलेका छन् । उनले कुल ७ हजार ९०७ रन बनाएका छन् । जसमा ८ शतक समेत छन् । वन डेमा उनको उच्च स्कोर १३० रन हो ।

उनले टेष्ट भने खेल्नेछन् । उनले १०८ खेल खेलिसकेका छन् भने ८ हजार ४३२ रन बनाएका छन् । टेष्टमा उनको उच्च स्कोर अविजित ३२९ रन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment