Comments Add Comment

सुन भनी फलामको टुक्रा १५ लाखमा बेच्ने भुजेल दम्पती पक्राउ

Ram-bdr-And-Dhanmaya

१४ चैत, काठमाडौं । नक्कली सुन देखाई १५ लाख ठगी गरेको आरोपमा भुजेल पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर लामाटार-६ बस्ने ५८ वर्षीय रामबहादुर थापा भुजेल र निजकी श्रीमती ३५ वर्षकी धनमाया वास्तोला भुजेल छन् ।

उनीहरुले लमजुङ-३ चितितिलहार घर भई काठमाडौं कलंकी बस्ने विनिता परियार र मुक्ति प्रसाद वस्तीलाई सुन भनेर फलामको टुक्रा १५ लाखमा बेचेका थिए ।

पोखराबाट काठमाडौं आउँदा एउटै बसको यात्रा गर्ने क्रममा चिनजान गरेको र १५ लाख लिएर सुन भनेर रुमालमा फलामका टुक्रा बाँधेर दिई ठगी गरेको पीडितले अपराध महाशाखामा दिएको निवेदनमा उल्लेख छ ।

प्रहरीले भुजेल दम्पतीलाई लगनखेलबाट पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रमा उनीहरुले यसअघि पनि सुन भन्दै सिन्धुपाल्चोक थाङपालचाप-७ घर भई का.जि. गोकर्णेश्वर १३ नयाँवस्ती बस्नेे टिकाध्वज खत्रीबाट २ वटा सुनको औठी समेत ठगी गरेको स्वीकार गरेका छन् ।

दुवैलाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment