Comments Add Comment

योगेन्द्र यादव र प्रशान्त भुषण आपको कार्यकारिणीबाट निस्कासित

kejriwal,-prashant-bhushan-And-Yogendra-yadav

१४ चैत, नयाँदिल्ली । आम आदमी पार्टी (आप)ले योगेन्द्र यादव र प्रशान्त भुषणलाई पार्टीको कार्यकारिणीबाट निस्कासन गरेको छ ।

आपको राष्ट्रिय परिषद्को बैठक दिल्लीमा बसिरहेको छ । तर, योगेन्द्र र प्रशान्त भुषण बैठक छाडेर गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बैठकमा लोकतन्त्रको हत्या भएको योगन्द्रले प्रतिक्रिया दिएका छन् भने प्रशान्त भुषणले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् । केही मानिसलाई बाउन्सल बोलाएर पिटिएको उनको दाबी थियो ।

आपका नेता प्रोफेसर आनन्द कुमारले बैठकमा जे भयो त्यो लोकतन्त्र नानभएको बताए । उनले आफूलाई आफ्नो कुरा राख्न नदिएको बताए । उनले भने-‘राष्ट्रिय कार्यकारिणीबाट बाहिर राखिएको छ तर, म पार्टीको कार्यकर्ता हुन्ँ र पार्टी छाडि्दँन ।’

आपका प्रवक्ता आशुतोषले भने ट्वीट गरेर बैठकमा कुटाकुट नभएको दाबी गरे । उनका अनुसार झण्डै एक दर्जनले योगेन्द्र यादव र प्रशान्त भुषणलाई राष्ट्रिय कार्यकारिणीबाट हटाउने प्रस्तावको विरोध गरेका थिए भने केहीले बैठक नै बहिस्कार गरेका छन् ।

आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने हो भने योगेन्द्र र प्रशान्तले पार्टीको सर्वोच्च नीति निर्धारण समितिको निर्णय मान्नु पर्ने उनले बताएका छन् ।

यसअघि बैठकस्थल बाहिर आपका नेता योगेन्द्र यादवविरुद्ध नाराबाजी हुनुका साथै आक्रमणको प्रयास भएको थियो ।

सुरुमा उनी पास तथा निम्तो भएकाहरुलाई बैठकमा जान दिनु पर्ने भन्दै धर्नामा बसेका थिए । तर, अरविन्द केजरीवालका समर्थकले यादवविरुद्ध नाराबाजी गरे । पछि यादव बैठक स्थलमा गएका थए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment