Comments Add Comment

प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भने- अल्पमतको आन्दोलनको औचित्य छैन

susil-koirala-and-kp-oli

१४ चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्षलाई भेट्न प्रधानमन्त्री कोइराला ओलीकै निवास बालकोट पुगेका थिए । भेटमा दलहरुबीच भइरहेको सम्वाद र सहमति प्रयासबारे छलफल भएको थियो ।

कोइराला र ओली सहमतिकै आधारमा अघि बढ्न सहमत भएको छन् । पहिलो प्राथमिकता सहमति भएको भन्दै प्रधानमन्त्री कोइरालाले भने-‘सहमतिकै आधारमा संविधान निर्माण गरौं भन्ने छलफल भयो । सहमति नभए बहुमतीय प्रक्रिया त छँदैछ ।’

भेटपछि एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री कोइरालासँगको तस्वीर शेयर गर्दै लेखेका छन्-‘अल्पमत पक्षको आन्दोलनको कुनै औचित्य छैन । सहमति गरेर प्रक्रियाबाट संविधान जारी गर्ने भन्ने निष्कर्षका साथ प्रमसँग भेट सम्पन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment