Comments Add Comment

नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी काठमाडौंमा

१४ चैत, काठमाडौं । नोबेल शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थी नेपाल आएका छन् । Kailas satyarthi at Kathmandu
भारतीय नागरिक सत्यार्थी काठमाडौंको बूढानीलकण्ठमा महिला तथा वालवालिका सम्बन्धी अन्तरराष्ट्रिय स्तरको सेमिनारमा भाग लिन आएका हुन् ।

शुक्रबार र शनिबार दुई दिन चलेको सेमिनारमा नेपालसहित २८ देशका सांसदहरु सहभागी छन् ।

सत्यार्थी वालवालिकोका क्षेत्रमा कार्यरत रहेकाले उनलाई वक्ताका रुपमा काठमाडौं बोलाइएको हो ।

मलालालाई लुम्बिनी बाेलाउने तयारी

यसैवीच काठमाडौं आएका सत्यार्थीलाई लम्बिनी विश्व शान्ति महोत्वसवले आगामी सेप्टेम्बर २१ तारेखका लिन लुम्बिनी भ्रमणको निम्तो दिएको छ ।

सो दिन सत्यार्थीसँगै पाकिस्तानकी नोबेल पुरस्कार बिजेतालाई पनि लुम्बिनीमा बोलाउने फेस्टिबल आयोजक समितिको तयारी छ ।Malala

लुम्बिनी वल्र्ड पिस फेस्टिबल आयोजक समूहमा पर्यटन व्यवसायी कर्ण शाक्यका छोरा सुनील शाक्य लगायतको सहभागिता छ ।

महोत्सवका आयोजक सदस्य एवं समाजिक अभियन्ता बासु गौतमले अनलाइनखबरसँग भने- हामीले सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसंघको अन्तरराष्ट्रिय शान्ति दिवसको अवसर पारेर मलाला र सत्यार्थीलगायत दक्षिण एशियाका नोबेल पुरस्कार विजेताहरुलाई लुम्बिनीमा बोलाउने कार्यक्रम बनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment