Comments Add Comment

कानून कमजोरलाई लाग्छ, बलियोले च्यात्छ : प्रचण्ड

Prachanda

१४ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले माओवादीहरु कमजोर भएपछि कानून लाग्न थालेको बताएका छन् ।

एमाओवादीसहितका ६ वटा माओवादी पार्टीले शनिबार काठमाडौंको तीनकुनेमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले कानून भनेको सीधासादा र कमजोरलाई मात्र लाग्ने बताए । ‘बलियो त कानून च्यात्छ, बनाउँछ’ उनले भने ।

माओवादीहरु कमजोर भएपछि राज्य पक्षले राजनीतिक सहमति र सम्झौता तथा अदालतले कानून उल्ट्याउन सुरु गरेको भन्दै उनले उनले अब एक भएर सडकमा उत्रनुको विकल्प नभएको बताए । ‘हामी एक भएनौं भने झिँगा माकुराको जालोमा अल्झिएझैं हामी सबैको इतिश्री हुनेवाला छौं’ एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘एक भएर सडकमा गर्जियौं भने त्यस्ता कानून च्यातिन्छ ।’

माओवादीहरु अहिले पनि क्रान्तिकारी नै रहेकाले आफूहरुलाई सखाप गर्ने प्रतिक्रियावादीहरुको रणनीतिमा कुनै परिवर्तन नआएको दाबी गरे । उनले भने-‘यसको प्रमाण भनेको उनीहरुले कुनै पनि माओवादीलाई माया गरेको छैन । कसैले प्रमाण दिन्छ भने म नतमस्तक हुन तयार छु ।’

अब माओवादी नेतृत्वले कमजोरीबाट शिक्षा लिएर सडकमा जानुपर्ने प्रचण्डको जोड थियो । देशभरि कार्यकर्ता र जनताको चाहना पनि माओवादी एक होस् भन्ने रहेको भन्दै उनले भने-‘माओवादी माओवादी नै छन् । कांग्रेस भएका छैनन्, एमाले भएका छैनन्, राजावादी भएका छैनन् । माओवादी कमजोर भयो विभावित भयो भन्ने चिन्ता र आक्रोश छ ।’

कान्छो माओवादीलाई माया गर्नुपर्छ

कार्यक्रममा विप्लव माओवादीका नेता एकराज भण्डारीले नेतृत्वको आलोचना गरेपछि प्रचण्ड केही रिसाए । उनले कार्यक्रमको उद्देश्य शान्ति सम्झौता तोकिएको विषयमा सबै माओवादीको एउटै आवाजमा प्रस्तुत हुनुभएको भए पनि त्यसो नभएको बताए ।

विप्लव माओवादीलाई कान्छो माओवादी भन्दै उनले सबैले माया गर्नुपर्ने बताए ।

घरको कान्छो छोराले अलिअलि गल्ती गर्दा पनि आमाबाबुले माया गर्ने नेपाली संस्कार रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने-‘कान्छो हुनुको कारण उसलाई अलिकति छुट छ ।’ चर्को कुरा गर्दैमा नहुने भन्दै उनले अघि भने-‘बुरुक बुरुक उफि्रएर मात्र हुँदैन । सचेत गराउने दायित्व पनि हाम्रो हो ।’

असन्तुष्टि मसँग एक डोका छन्

एमाओवादी अध्यक्ष प्रचण्डले अहिले माओवादीहरुबीच हिलो छ्यापाछ्याप गर्ने बेला नभएको बताए । प्रचण्डले असन्तुष्टिकै कुरा गर्ने हो भने आफूसँग पनि एक डोको असन्तुष्टि रहेको बताताउँदा हलमा हाँसो गुञ्जियो ।

माओवादीहरुले एकअर्कालाई खुइल्याउन केही बाँकी नरहेको भन्दै उनले भने-‘यसको अर्थ गाली नै नगर्नुस् भन्ने होइन । फेरि धक फुकाएर गाली गर्ने दिन आउँछ । तर, अहिले एकचोटि एकतावद्ध हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment