Comments Add Comment

अनुष्कालाई विराटको साथ, हात समाउँदै फर्किए

जारी बिश्वकप क्रिकेट प्रतियोगितामा भारतका उपकप्तान विराट कोहलीको खराव प्रर्दशनलाई लिएर उनकी प्रेमिका एवं नायिका अनुष्का शर्मामाथि कडा प्रहार भइरहेको छ ।

भारतको हारमा बिराटकी प्रेमिका अनुष्काको हात रहेको भन्दै सामाजिक संजालमा तिब्र आलोचना भइरहेको छ । बिराटले १३ बलमा जम्मा एक रन जोडेर आउट भएका थिए ।

तर, अनुष्काको जतिसुकै आलोचना भए पनि विराटले अनुष्कालाई गतिलै साथ दिएका छन् ।

anushka-virat-hands-2

अष्ट्रेलियाबाट भारत फर्किने क्रममा शनिबार यो जोडी हात समाउँदै चखेवाको जोडीजस्तै गरी मुम्बई बिमानस्थलमा देखियो । अहिलेसम्म आफ्नो सम्बन्धलाई औपचारिकरुपमा स्वीकार नगरेको यो जोडीले योसँगै आफ्नो रिलेसनसीप स्टाटसलाई पनि प्रष्ट पारिदिएको छ ।

पछिल्ला दिनमा यो जोडीले आफ्नो सम्बन्धलाई खुलाउँदै लगेको छ । हालै अनुष्काले निर्माण गरेकेा फिल्म ‘एनएन १०’ हेरेपछि विराटले ‘माइ लभ’ भन्दै ट्वीटरमा अनुष्काको तारिफ गरेका थिए ।

बिमानस्थलमा हात समाउँदै अनुष्कालाई डोर्‍याएर विराटले एकैपटक दुई सन्देश दिएका छन- पहिलो, हामी बलियो सम्बन्धमा छौं । दोस्रो- भारतको हारमा अनुष्काको कुनै हात छैन, जति आलोचना भएपनि हाम्रो सम्बन्धमा कुनै दरार आएको छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment