Comments Add Comment

‘डा. केसीको अनसनप्रति प्रधानमन्त्री संवेदनशील’

४ चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला डा. गोविन्द केसीको आमरण अनसनप्रति संवेदनशील रहेको उनको निजी सचिवालयले जनाएको छ ।

कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले शनिबार विज्ञप्ति जारी गरी डा. केसीको अनसनप्रति संवेदनशील भएर वार्ता टोली गठन गरिसकेको र उक्त वार्ता टोलीले समस्या समाधान गर्न काम गरिरहेको बताएका छन् ।

विज्ञप्तिमा प्रधानमन्त्री कोइरालाले ‘डा. केसी मरे त म के गरौं’ नभनेको समेत दाबी गरिएको छ ।

प्रा.केदारभक्त माथेमाको संयोजकत्वमा बनेको समितिको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षाका क्षेत्रमा हाल देखिएका समस्या समाधान गर्न सकिने सरकारको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment