Comments Add Comment

मोरङमा आधा दर्जन छोटी भन्सार बन्द अवस्थामा

१४ चैत, विराटनगर । मोरङमा एक दशकभन्दा पनि बढी समयदेखि आधा दर्जन छोटी भन्सार कार्यालय बन्द रहँदा राजस्व सङ्कलन प्रभावित भइरहेको छ ।

कार्यालय र कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दै द्वन्द्वको समयमा छोटी भन्सार कार्यालयलाई बन्द गरिएपछि अझैसम्म पुनःस्थापनाका लागि पहल नहुँदा राजस्व सङ्कलन प्रभावित भइरहेको हो ।

मोरङ जिल्लाका नौवटा छोटी भन्सारमध्ये रङ्गेली, मायागन्ज र डाइनियाको छोटी भन्सारमात्र सुचारु रहेको छ र मधुमल्ला, तरिगामा, कदमाहा, चुन्नीबारी, डोरिया र महदेवा गाविसस्थित चौकीघाटको छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

ती छोटी भन्सार बन्द भएपछि लुकीछिपी तस्करी हुने गरेकाले राजस्व सङ्कलन प्रभावित भइरहेको विराटनगर भन्सार कार्यालयका प्रमुख राजेन्द्र दाहालले जानकारी दिए ।

तस्करीलाई नियन्त्रण गर्ने उद्देश्यले सीमावर्ती क्षेत्रमा १८ वटा नेपाल प्रहरीको इलाका तथा चेकपोष्ट र सशस्त्र प्रहरीको पाँचवटा चेकपोष्ट कार्यरत रहेको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment