Comments Add Comment

अपर माई हाइड्रोको काम अन्तिम चरणमा

१४ चैत, इलाम । माइभ्याली हाइड्रोपावर प्रालिद्वारा इलामको मावु र माइमझुवा गाविसमा निर्माणाधीन अपर माई हाइड्रोको काम अन्तिम चरणमा पुगेको छ ।

लक्ष्यअनुरुप यही महिनाको चैत मसान्तसम्म काम सक्न मुस्किल देखिए पनि विद्युत् उत्पादनका लागि धेरै समय कुर्नु नपर्ने आयोजनाले जनाएको छ । ९ दशमलब ८ मेगावाट क्षमताको यो आयोजना थालिएको पा“च वर्ष धेरै भए पनि तीन वर्षदेखि मात्र काममा तीव्रता दिइएको हो ।

हेडबक्स, टनेललगायतका महत्वपूर्ण कार्य सकिएको छ । निर्माण थालिएपछि काम तीव्र पारिए पनि भौगोलिक विकटता, बन्द हडतालजस्ता कारणले समयमा काम सक्न मुस्किल परेको आयोजनाका प्रमुख सन्तोष प्रधानले जानकारी दिए ।

आयोजनाको पेनस्टक पाइप जडानको काम धमाधाम भइरहेको छ । विद्युतगृहदेखि गोदकको सवस्टेसनसम्मको १८ किलोमिटर लामो प्रसारण लाइनका लागि सबै टावरको फाउन्डेसन निर्माण भएर जडानको काम भइरहेको र टर्वाइनलगायतका मेसिन निर्माण क्षेत्रमा आइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाको कुल लागत रु एक अर्ब ६० करोड रहेको प्रधानले बताए । यही पानीलाई प्रयोग गरेर जमुना र सुलुबुङबीचमा क्यासकेट प्रोजेक्ट सञ्चालनका लागि आयोजनाले प्रक्रिया अघि बढाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment