Comments Add Comment

डा. गोविन्द केसीलाई भेट्न एमाले नेता अस्पतालमा

१४ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई भेटेका छन् ।

yogesh-bhattarai-and-ghanashyam-bhusalभुसाल र भट्टराईसँगै विजय पौडेल, ठाकुर गैरेसहितका नेताहरु शनिबार अपरान्ह अनसनस्थल शिक्षण अस्पताल पुगेका थिए । भेटमा डा. केसीले आफ्नो १० बुँदे माग पूरा नभएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन् ।

एमाले सचिव भट्टराईले बुझाइमा केही भिन्नता भए पनि केसीको माग सैद्धान्तिकरुपमा सही रहेको आफूले बताएको जानकारी दिए ।
‘सम्वन्धन दिने/नदिने राज्यले नीति बनाएर निर्णय गर्ने हो’ उनले भने-यो कलेजलाई देऊ भनेर एमालेले कुनै दबाव दिएको छैन ।’

एमालेले कुनै कलेजलाई सम्वन्धन दिन दबाव नदिएको र आफूहरु केसीको आन्दोलनको विपक्षमा पनि रहेको भन्दै उनले यसबारे भ्रममा नपर्न डा. केसीलाई आग्रह गरेको बताए ।

स्वस्थ्य क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै एमाले नेताहरुले वार्ता र सम्वादमार्फत नै समस्याको समाधान खोज्न केसीलाई आग्रह गरेका छन् ।

केसीको आन्दोलनप्रति समर्थन जनाएको हो ? भन्ने अनलाइनखबरको प्रश्नमा भट्टराईले भने-‘हामीले भेटेका छौं, उहाँको जीवनरक्षा हुनुपर्छ भनेका छौं । यसलाई ऐक्यवद्धता भन्ने कि के ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment