Comments Add Comment

नेपालगञ्ज मेडिकल कलेजमा टेष्ट ट्युव बेबी सेवा सुरु

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले निसन्तान दम्पतीहरुको लागि टेष्ट ट्युब बेबी सेवा शनिबारदेखि सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभागकी निर्देशक डा. पुष्पा चौधरीले सेवाको उद्घाटन गरेकी हुन् । यस्तो सेवा राजधानी काठमाडौं भन्दा बाहिर पहिलो पटक नेपालगञ्जमा सुरु गरिएको अस्पतालले दावी गरेको छ ।

डा.चौधरीले राज्यले आफ्ना नागरिक सबैलाई सबै किसिमको स्वास्थ्यको पहुच पुर्‍याउन आफैं र नीजि क्षेत्रको सहकार्यले पछिल्ला दिनहरुमा नयाँ-नयाँ प्रविधिहरु भित्र्याउन सफल भएको बताइन् ।

डा.रिता बक्सीले निसन्तान तथा विभिन्न कारणले महिलाहरुको गर्भासयमा अण्ड उत्पादन हुन नसक्ने अवस्थाका विरामीको पहिचान गरी उनीहरुलाई औषधीको माध्यामबाट अण्डलाई उपचार गरी पुनः बच्चा उत्पादन गर्न सक्ने बनाउदै महिला कै गर्भासयमा नै प्रत्यारोपण बिधी नै टेष्ट टयूव बेबी प्रणली भएको स्पष्ट पारिन् ।

उनले भनिन-‘म सबै गाइनोक्लोजिष्टहरुलाई आग्रह गर्छु कृपया ओभरीका ट्युव थुनिएका विरामीहरुलाई न अल्झाउनु होस् । उमेर छदै यो सेवा लिनको लागि रिफर गरिदिनुहोस ।’

उनले ३५ वर्ष सम्मका महिलाहरुमा यो सेवा राम्रो मानिने भएकोले सकेसम्म चाँडै सेवा लिन आउनेको नतिजा पनि सकारात्मक हुने भएकोले विलम्ब गर्न नहुने उनको भनाइ थियो ।

सेवाको सुरुका दिनहरुमा अस्पतालमा नै रहेर परामर्श दिनको लागि उनकै नेतृत्वको एक स्वास्थ्यकर्मीहरुको टिमले सेवा दिने अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले शिक्षण अस्पतालले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने र गुणस्तरीय सेवा दिने उद्देश्यले स्थापना भएको छोटो समयमा पनि विभिन्न खालका आधुनिक सेवा दिनको लागि टेस्ट ट्युव बेेबी प्रोग्राम भित्र्याईएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment