Comments Add Comment

जर्मन को-पाइलटले प्रेमिकालाई भनेका थिए- एक दिन संसारले मेरो नाम जान्ने छ

lubitz

एक सय ५० जनाको ज्यान जानेगरी फ्रान्समा हालै भएको बिमान दुर्घटनामा को-पाइलट भिलेनका रुपमा प्रस्तुत भएका छन् ।

उनले जानीजानी बिमान दुर्घटना गराएको अनुसन्धानमा खटिएका अधिकारीहरुले दावी गरेपछि यतिबेला उनीबारे नयाँ-नयाँ तथ्य सार्वजनिक भइरहेका छन् ।

डाक्टरले आरामका लागि गरेको सिफारिस लुकाउँदै बिमान उडाएका यी को पाइलटले किन बिमान ठोक्काए ? भन्ने बिषयमा अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् ।

को-पाइलटकी पूर्व प्रेमिकासँगको बयानपछि उनीबारे अर्को रहस्य खुलेको छ । ती युवतीका अनुसार को-पाइलट लुटि्बजले कुनै दिन संसारलाई आफ्नो नाम थाहा दिने सनक चढेको थियो र यसको भबिष्यबाणी हुनेले अघिल्लै बर्ष गरिसकेका थिए ।

जर्मन पत्रिका ‘बिल्ड’लाई दिएको अन्तरवार्तामा को-पाइलटकी पूर्व प्रेमिकाले यस्तो खुलासा गरेकी हुन् । ‘मैले एक दिन यस्तो काम गर्छु, जसले पुरा ब्यवस्था परिर्वतन हुन्छ र सबैले मेरो नाम याद गर्नेछन्’ उनले भनेका थिए ।

२६ वर्षकी महिलाले बताए अनुसार लुटि्बजले यदि जानीजानी बिमान दुर्घटना गराएका हुन भने यसको मुख्य कारण उनको मानसिक रोग नै हो । त्यही रोगका कारण आफु बिमानको क्याप्टेन बन्न नसक्ने ठानेर जानीजानी बिमान दुर्घटना गराएको हुन सक्ने उनको अनुमान छ ।

लुटि्बजलाई केही समस्या छ भन्ने थाहा भएर नै आफू छुटि्टएको उनले बताइन् । उनका अनुसार लुटि्बजले राति नराम्रो सपना देख्थे र चिच्याउँदै उठेर ‘हामी तल झदैछौं’ भन्थे ।

अहिलेसम्म प्राप्त सूचनाहरुले को-पाइलट लुटि्बजले नै जानीजानी विमान दुर्घटना गराएको देखिएको छ । दुर्घटनाअघि पाइलट ककपिट बाहिर रहनु र उनी आउन खोज्दा ढोका नखोल्नुले यस्तो आशंकालाई बल पुर्‍याएको छ ।

लुटि्बजले प्रशिक्षण लिएको फ्लाइङ क्लबका एक अधिकारीले बीबीसीलाई बताए अनुसार उनलाई एल्प्स पर्वतबारे राम्रोसँग जानकारी थियो । किनकी, उनी ग्लाइडिङका लागि त्यहाँ जाने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment