Comments Add Comment

भिखारीले खोले आफ्नै बैंक, जहाँ २ देखि ५ प्रतिशत ब्याजमा ऋण पाइन्छ

भिखारीको बैंक ! झट्ट सुन्दा तपाईंलाई अप्ठेरो लाग्यो होला । शीर्षक पढेर ठान्नुभयो होला- यस्तो पनि हुन्छ र ?

यस्तै अनौठो भएको नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा, जहाँ सडक र मन्दिर छेउँमा मागेर गुजारा चलाउने भिखारीले आफ्नै बैंक खोलेका छन् ।

Beggarबिहारको गया शहरमा भिखारीहरुको एक समूहले आफ्नै बैंक खोलेको छ । भिखारीहरुले प्रर्बद्धन गरेको यो बैंकको संचालनसेत उनीहरुले नै गर्छन, ता कि गाह्रो पर्दा पैसा चलाउन सकुन् ।

गया शहरको ‘मा मंगलागौरी मन्दिर’मा आउने श्रद्धालुहरुको दानमा आश्रति रहने दजनौं भिखारीहरुले यतिबेला आफै बैंक खोलेका हुन् । बैंकको नाम ‘मंगला बैंक’ राखिएको छ ।

यो अनौंठो बैंकका ४० सदस्य मध्येका एक राजकुमार माझीले भने-‘यो सत्य हो कि हामीले आफ्नो लागि एक बैंक स्थापना गरेका छौं ।’

मन्दिरबाट झण्डै १०० किलोमिटर टाढाका माझीले भने-बैंकको प्रवन्धक, खजान्ची र सचिवका साथै एक एजेन्ट र बैंक चलाउनका लागि चाहिने सबै सदस्यहरु भिखारी नै छन् ।’ संयोग यो छ कि बैंकको प्रवन्धक माझी नै हुन् ।

बैंकको खातासहितका काम गर्न सक्ने शिक्षित माझीले भने-‘हामी हरेकले मंगलबार बैंकमा २० रुपैयाँ जम्मा गर्छौं, जुन साप्ताहिक रुपमा ८०० भारु हुन्छ ।’

बैंकका एजेन्ट विनायक पासवान हरेक साता सदस्यहरुबाट पैसा उठाउँछन र बैंकमा ल्याएर जम्मा गर्छन् । ‘ गत वर्ष निकै ठूलो आश र भिखारीहरुको अभिलासा पूर्तिका लागि हामीले यस्तो काम सुरु गरेका छौं ।’ बैंककी सचिव मालती देवी भन्छिन्-‘हामीलाई समाजमा अहिलेसम्म राम्रो व्यवहार भएन किनकी हामी गरीवभन्दा पनि महागरिव छौं ।’

बैंकमा धेरैभन्दा धेरै खाता खोल्न उनले भिखारीहरुसँग सम्पर्क बढाइरहेकी छन् । उनले भनिन्-‘बैंकका सदस्य यस्ता भिखारी छन्, जोसँग न त गरिवीको रेखामुनी रहेको भन्ने प्रमाण छ न त आधार नै ।’

प्रबन्धक माझीकी पत्नी नगीना देवी बैंककी खजान्ची हुन् । उनको काम जम्मा भएको पैसा लेन देन गर्नु हो ।

माझीका अनुसार आपतमा परेका भिखारीहरुलाई बैंकले सहयोग गर्नेछ । उनले भने-‘यसै महिना मेरो छोरी र बहिनी खाना पकाउने क्रममा जले । बैंकले उनीहरुको उपचारका लगि ८ हजार ऋण दियो ।’

उनका अनुसार ऋण लिने क्रममा राष्ट्रियकृत बैंकमा अपनाइने जस्तै कागज गर्ने वा जमानत राख्ने सबै प्रकृया पुरा गर्नुपर्छ । एक महिनासम्म ब्याज भने तिर्नु पर्दैन ।

त्यसभन्दा बढी समयका लागि भने २ देखि ५ प्रतिशत ब्याज लाग्नेछ । आफ्नै बैंक स्थापना भएकोमा भिखारीहरु निकै खुसी छन्  ।भिखारीहरुलाई आफ्नै बैंक खोल्न निर्धन एवं समाज कल्याण राज्य समितिका अधिकारीहरुले प्रोत्साहन गरेका थिए ।

-इण्डो एशियन न्यूज सर्भिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment