Comments Add Comment

एकसाथ नयाँ मोडलका तीन आइफोन आउँदै

iphone
एप्पलले यो बर्ष एकसाथ तीनवटा नयाँ मोडलका आइफोन सार्वजनिक गर्दै छ ।

गत बर्ष सेप्टेम्बरमा नयाँ मोडलका आइफोन सार्वजनिक गर्दै आएको एप्पलले यो बर्ष एकैपटक तीनवटा नयाँ मोडल सार्वजनिक गर्न लागिएको प्रबिधि अनलाइन डीजीटाइम्सले जनाएको छ ।

समाचारअनुसार एप्पलले यो बर्ष आइफोन ६ एस, आइफोन सिक्स एस प्लस र आइफोन सिक्स सी मोडल सार्वजनिक गर्दै छ ।

एप्पलले गत बर्ष आइफोन सिक्स र आइफोन सिक्स प्लस सार्वजनिक गरेको थियो । पहिलोपटक ठूलो साइज र नयाँ सुबिधासहित आएको आइफोनको बिक्रि यति धेरै बढ्यो कि एप्पलले अहिलेसम्मकै उच्च अर्थात १८ अर्ब अमेरिकी डलर नाफा कमायो ।

यो बर्ष एप्पलले पोहोर साल सार्वजनिक भएका फोनको अपग्रेडेड भर्सन सार्वजनिक गर्दै छ । त्यसबाहेक ४ इन्च स्क्रिनयुक्त आइफोन सिक्स सी पनि आउन लागेको स्रोतको हवाला दिँदै डिजिटाइम्सले जनाएको छ ।

एप्पलले दुई बर्ष प्लास्टिक कभरयुक्त सस्तो मूल्यको आइफोन फाइभ सी सार्वजनिक गरेको थियो । सोही मोडलको नयाँ भर्सनका रुपमा आइफोन सिक्स सी आउन लागेको छ जुन चार इन्च स्क्रिनयुक्त साइजको हुने छ । एप्पलले चीन र भारतजस्ता कम आय भएका ठूला बजारलाई लक्षित गर्दै आइफोन फाइभ सी बजारमा ल्याएको थियो ।

नयाँ आइफोनमा कस्ता सुबिधा थपिनेछन भन्ने अहिले नै स्पष्ट भएको छैन् । तर, समाचारमा जनाइएअनुसार दुईवटा लेन्सयुक्त क्यामेरा प्रयोग हुने अनुमान गरिएको छ । यसैगरि नयाँ आइफोनमा फोर्स टच प्रबिधि ल्याइने छ जसले हल्का टच र लामो समयको टचवीच अन्तर थाहा पाउने छ । अर्थात तपाईले कुनै आइकनमा हल्का टच गर्नुभयो भने एउटा नतिजा दिने छ भने सोही बटन लामो समयसम्म टच गर्नुभयो अर्कै काम गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment