Comments Add Comment

ग्राण्डी अस्पतालको मिसन टु सेभ हार्ट

Mission-To-Save-Heart

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मिसन टु सेभ हार्ट नामक अभियान शुरु गरेको छ । आफ्नो नियमित सि एम ई कार्यक्रमलाई बृहत अभियान शुरु गरिएको ग्राडी अस्पतालले जनाएको छ ।

अभियानको पहिलो चरणमा शनिबार उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत १५० जना डाक्टरहरु र बिभिन्न मेडिकल कलेजमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

ग्राण्डी अस्पतालले संचालन गरेको अभियानको मुख्य उद्देश्य देशका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई उनीहरुको बिशेषज्ञता भएको क्षेत्रको शिप र दक्षतामा सहयोग पुर्याउनु रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका ईन्टरभेन्सनल कार्डियोलोजी बिभागका प्रमुख डा. ओम मूर्ति अनिलले बताए ।

उनले बिषषज्ञता र अनुभव कम भएका जनशक्तिहरुलाई तालिम मार्फत सबलिकरण गरेर स्थानीय स्तरमा नै  उपल्ब्ध  श्रोत र साधनको अधिकतम उपयोगबाट हार्ट अट्याकबाट आउने इमरजेन्सीहरु कम गर्न सकिने बताए ।

हृदयाघातका कारण हरेकबर्ष २० हजार जना भन्दा बढी मानिसको मृत्युहुने गरेको बिश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययन प्रतिबेदनमा उल्लेख छ । अन्य अन्तर्राष्ट्रिय प्रतिवेदनहरुमा भने हरेक बर्ष ४० हजार जना भन्दा बढी मानिसको मृत्यु हुनेगरेको उल्लेख छ ।

कार्यक्रममा असहाय र बिपन्न मुटु रोगीहरुका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फवाट गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले २५ लाख रुपैँयाको अक्षय कोष पनि घोषणा गरेका छन् ।

डा. महतोले सामान्य आयस्तरका नेपालीको पहुँचमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको उपचार सेवा पुर्याउने उदेश्य सहित पाँचसय रुपँयाको जनरल बेडको समेत घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment