Comments Add Comment

यौन आनन्दका लागि पर्याप्त निद्रा आवश्यक

sex
व्यक्तिको स्वास्थ्य ठीक रहनका लागि पर्याप्त निद्रा आवश्यक पर्दछ । रातमा पर्याप्त मात्रामा निदाउनाले केवल तपाइँको भोलिको दिन ताजा रहने मात्र होइन यसले तपाइँको यौन जिवनलाई समेत आनन्दित बनाउन मद्दत गर्दछ ।

अमेरिकाको मिसिगन विश्वविद्यालयका शोधकर्ताहरुले यौन सन्तुष्टिका लागि पर्याप्त निद्रा आवश्यक रहेको तथ्य पत्ता लगाएका टाइम म्यागेजिनले उल्लेख गरेको छ ।

मिसिगन विश्वविद्यालयको मेडिकल स्कूलका शोधकर्ता डेभिड कामब्याचका अनुसार हरेक एक घण्टाको अतिरिक्त निद्राले यौन गतिविधिमा १४ प्रतिशतले बढोत्तरी गर्दछ ।

सेक्सुअल मेडिसिन जर्नलमा छापिएको शोधपत्रमा उनले भनेका छन्, ‘यदि तपाइँको यौन जिवनमा कुनैखाले समस्या छ भने तपाइँले विचार गर्नुपर्ने हुन्छ की पर्याप्त निद्रा लिइएको छ वा छैन भन्ने कुरा ।’

शोधकर्ताले १ सय ७१ जना महिलामा उक्त अध्ययन गरेका थिए । अध्ययनमा सहभागी गराइएका महिलाहरुले सामान्य भन्दा बढि समयसम्म सुतेको रातको अर्को दिन यौनइच्छा बढि हुने गरेको खुलासा गरे । अध्ययन अनुसार निद्रा यौन उत्तेजनाका लागि समेत आवश्यक छ ।

कम समय सुत्ने महिलाहरुको तुलनामा बढि समयसम्म सुत्ने महिलाहरुमा यौन उत्तेजना सम्बन्धी समस्या कम उत्पन्न हुने गरेको पाइएको शोधकर्ताको भनाइ छ ।

यौन आनन्द तथा यौन उत्तेजनामा निद्राले प्रभाव पार्छ भन्ने कुरा धेरैलाई थाहा नै नभएको र अनुभव गर्नेहरुले समेत कम महत्व दिने गरेको भन्दै उनले पछिल्लो अध्ययनले कम निद्रा लिने महिलाहरुमा यौन सम्पर्कको इच्छा तथा उत्तेजनामा कमी आउने तथ्य प्रमाणित गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment