Comments Add Comment

राष्ट्रिय भारोत्तोलन आइतबारदेखि

१४ चैत, काठमाडौं । नेपाल भारोत्तोलन संघको आयोजनामा चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।

सिनियरको पुरुषमा ८ र महिलामा ७ तथा जुनियर पुरुषमा ९ गरी जम्मा २४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता साउन ६ देखि १५ गतेसम्म काठमाडौंमा हुने सिनियर पुरुष तथा महिला एसियाली भारोत्तोलन प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रारम्भिक छनोटका रुपमा समेत रहेको छ ।

यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट समेत गरिने भारोत्तोलन संघले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको परिसरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment