Comments Add Comment

रंगशालामा मन्त्री र सभासदले ४ गोल खाए

१४ भदौ, काठमाडौं । दशरथ रंगशालामा शनिबार सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल र खेलकुद मन्त्री पुरुषोत्तम पौडेल फुटबल खेल्न पुगेका थिए । तर, मन्त्रीको टोली चार गोल खाएर फर्कियो ।

शनिबार रंगशालामा नेपाल पत्रकार महासंघले सभासद र पत्रकारवीच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको थियो । सो खेलका मन्त्री र सभासदहरु पत्रकारसँग शून्यका विरुद्ध चार गोलले पराजित भएका छन् ।

सभासदका तर्फबाट दुईमन्त्रीसहित एमालेका अग्नि खरेल पनि मैदानमा थिए । पत्रकारका तर्फबाट महासंघ सभापति महेन्द्र विष्टका साथै एकमात्र महिला खेलाडी पवन वर्षा शाह पनि मैदानमा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment