Comments Add Comment

‘प्रभु साहले प्रचण्ड मार्ने योजना बनाए’

१५ चैत, वीरगन्ज । एमाओवादीका दुई केन्द्रीय सदस्य तथा सभासद्हरुले पार्टीका पोलिटब्युरो सदस्य तथा सभासद् प्रभु साहमाथि अध्यक्ष पुष्पकमल दाहालको हत्या गर्ने योजना बुनेको गम्भीर आरोप लगाएका छन् ।
Prachanda
एमाओवादी केन्द्रीय सदस्य तथा सभासदहरु अशोज जयसवाल र सत्यनारायण भगतले दाहाल हत्याको योजना बनाउने साहलाई एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संरक्षण गरेको समेत जिकिर गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

यी दुई नेताले वीरगन्जमा शनिबार पत्रकार सम्मेलन गरी विगतका केही हत्याकाण्डबारे समेत उल्लेख गर्दै साहले हत्या योजना बनाएको थाहा पाएपछि दाहालले आफू असुरक्षित रहेको भनाइ सार्वजनिक गरेको बताए । साह भट्टराई पक्षधर हुन् भने जयसवाल र भगत अध्यक्ष प्रचण्ड निकट हुन् ।

यता प्रभु साहले भने आफूमाथि लागेको आरोप कल्पना बाहिर रहेको बताएका छन् । आफू विरुद्ध लागेको आरोप भ्रमपूर्ण, कपोलकल्पित र असत्य भएको साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment