Comments Add Comment

शौचालय नबनाउनेले नगरपालिकाको सुविधा नपाउने

toylet

  • फाइल तस्वीर

१५ चैत, विराटनगर । मोरङको कोसीहरैंचा नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई प्रभावकारी बनाउन दबाबमूलक अभियान सुरु गरेको छ । नगरपालिकाले शौचालय नबनाउनेलाई सबै सुविधाबाट बञ्चित गर्ने भएको छ । सहयोग गर्दासमेत स्थानीयले शौचालय बनाउने चासो नदेखाएपछि नगरपालिका कडा रुपमा प्रस्तुत भएको हो ।
एक वर्षअघि मोरङको साविका इन्द्रपुर गाविस ३ स्थित डुमबस्तीमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानअन्तर्गत शौचालय बनाउन नसक्नेहरुलाई प्यान र रिङ सहयोग गरेको थियो । तर त्यहाँ न त चर्पी बन्यो न त ती सामाग्रीहरु प्रयोगमा नै आए, जसका कारण डुमबस्तीका सर्वसाधारण कोही छिमेकीको शौचालय चाहार्छन त कोही खुला रुपमै दिसापिसाव गर्ने गरेको कारोबारमा खबर छ ।

यस्तै चर्पी नभएका अन्य ठाउँका सर्वसाधारणसमेत नजिकैको बाँसघारी, अर्काको खेतबारी र खोलाखोल्सा धाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment