Comments Add Comment

जमानत बुझाउन नसक्दा पारसले थाइल्याण्ड छाड्न पाएनन् , भान्जाको व्रतबन्ध खल्लोे

१५ चैत, काठमाडौ । बहिनी प्रेरणापुत्र पार्थक सिंहको छाउनीस्थित घरमा आइतबार आयोजने ब्रतबन्धको रमझमसँगै निराशा पनि छाएको छ ।
Paras-shaha
दाजुको अनिवार्य उपस्थिति हुने भएपछि चैत १५ गतेका लागि आयोजना गरेको ब्रतबन्ध खल्लो हुने भएको छ । साइत जुराइसकेका कारणले प्रेरणाले बाध्य भएर छोराको ब्रतबन्ध गर्न लागेकी नेपाल समाचारपत्रले खबर छापेको छ ।

थाइल्याण्डस्थित लुङखाई जेलबाट मानत बुझाउने सर्तमा छुटेका प्रेरणाका दाजु पारस जमानत बुझाउन नसक्दा अझै थाइल्याण्ड छाड्न पाएका छैनन् ।

यता भान्जाको चूडाकर्म गरिदिने एकमात्र मामा पारस नभएका कारण कसले यो कर्म गरिदिने भन्ने विषयमा अन्योल छाएको छ भने उतार घरपरिवारले १५ लाख भाट करिब ४५ लाख नेपाली रुपैयाँ जुटाइदिए थाइल्याण्ड छाडेर नेपाल आउने तयारीमा रहेका परस निरास भएर बस्नु परेको छ ।

लागूऔषध मुद्दामा गत असोज २४ गते जेल परेका पूर्व युवराज पारसका परिवारले रकम उपलब्ध गराउन नसकेपछि अदालतबाट छुटकारा पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment