Comments Add Comment

निजी विद्यालयमा २० प्रतिशतभन्दा बढी शुल्क वृद्धि हुने

School

१५ चैत, काठमाडौं । निजी विद्यालयहरुले नयाँ शैक्षिकसत्रमा २० प्रतिशतभन्दा बढी शुल्क वृद्धि गर्ने भएका छन् । निजी विद्यालय संगठनहरुको छलफलमा काठमाडौंका निजी विद्यालयमा २० प्रतिशत शुल्क वृद्धि गर्ने सहमति बनेको हो ।

यद्यपि, निजी विद्यालय सञ्चालकले भने २५ प्रतिशत वृद्धिको अडान राखेका छन् । नयाँ शैक्षिकसत्र आउन केही दिन बाँकी रहे पनि विवादका कारण धेरै जिल्लामा शुल्क निर्धारण हुन नसकेको नयाँ पत्रिकामा खबर छ ।

काठमाडौंमा शुल्क बढाउन सबै पक्ष सहमत भए पनि ललितपुर र भक्तपुरमा भने कति शुल्क वृद्धि गर्ने भन्ने विवाद छ । ललितपुरमा शुल्क निर्धारणको प्रक्रिया सुरु भए पनि टुंगा लागेको छैन् ।

काठमाडौंका केही निजी विद्यालय सञ्चालकले ६४ प्रतिशत शुल्क वृद्धिको प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment