Comments Add Comment

शान्ति सैनिकको तलब बढ्ने

१५ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघले शान्तिस्थापक मिसनमा खटिएका सैनिकको सेवासुविधा थप गर्ने वचन दिएको छ । मिसनमा सैनिक पठाउने नेपालसहित सय मुलुकका सेनापतिको सम्मेलनलाई न्युयोर्कमा शुक्रबार सम्बोधन गर्दै राष्ट्रसंघीय महासचिव वान की मुनले यस्तो वचन दिएका हुन् ।
congo
सम्मेलनमा नेपालका तर्फबाट प्रधानसेनापति गौरवशमशेर राणा पनि सहभागी छन् । ‘जनधनको सुरक्षा, द्वन्द्वोत्तर शान्ति जस्ता महत्वपूर्ण विषयमा सैनिकले थप चुनौतीपूर्ण काम गर्नुपरेको नयाँ पत्रिकामा खबर छ । उनीहरुको सुरक्षा जोखिम पहिलेभन्दा थपिएको छ,’ राष्ट्रसंघ मुख्यालयद्वारा जारी विज्ञप्तिअनुसार महासचिव मुनले सम्मेलनमा भने, ‘तर, जोखिममा काम गरिरहेका शान्तिस्थापक सैनिकहरुलाई उपलब्ध गराउने स्रोत पयाप्त छैन् । यस विषयमा मैले उच्चस्तरीय स्वतन्त्र प्यानल गठन गरेको छु । हामीले व्यहोर्नुपरेका गम्भीर चुनौती सम्बोधन गर्न उसले उपयुक्त प्रतिवेदन बुझाउनेछ ।’

हाल प्रतिसैनिक मासिक भत्ता एक हजार तीन सय ३१ डलर छ । जुलाईदेखि बढाएर एक हजार तीन सय ६५ डलर बनाउने निर्णय भएको छ । त्यस्तै अर्को वर्ष थप बढाएर एक हजार चार सय १० रुपैयाँ बनाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment